झगेन्द्र खड्का
गौरादह/ मकैमा दाना नलाग्दा गाैरादह न.पा. वडा नं. ६ काे दामुना आसपासका क्षेत्रका किसानहरु निराश भएका छन।
किसानहरुले नगदे बालिका रुपमा आयआर्जन गर्ने उदेश्यले हाईब्रेड जातका मकै लगाएपनि दाना नलागी खाेया मात्र लागेपछि किसानकाे लगानी समेत डुबेकाे छ।मकैमा दाना नलाग्दा किसानहरुकाे लाखौ रुपैयाँ नाेक्सानी भएकाे छ।
किसानहरुले १० कठ्ठा देखि १ बिघासम्म जग्गामा मकै लगाएका छन्। पछिल्लो समयमा किसानहरुले बढि फल्ने आशामा पहिलेदेखि लगाउदै आएकाे स्थानीय मकैलाई छाेडेर हाईब्रेड जातका मकै लगाउदै आएका छन्।
किसानहरुले प्राय जुनसुकै बालि लगाउदा पनि प्रत्येक बर्ष कुनै न कुनै समस्या झेल्दै आएका छन्।अधिकांश किसानहरुले मंसिर महिनामा हाईब्रेड जातका मकै लगाउने गर्द छन्।
किसानहरुले हाईब्रेड जातका मकैकाे बिऊ खरिद गरेर लगाएपछि दाना नलाग्दा समेत बीउ बिक्रीवितरण गर्ने एग्राेभेट मौन छ।
मकैकाे बिऊकाे पहिचान गरि बिऊकाे अवस्था बुझेर कार्वाही भएकाे छैन।मकै लगाएकाे केही महिना पछि बाेट हेर्दा अत्याधिक मात्रामा मकै फल्ने देखिएपछि किसानहरु दंग परेका थिए।
धानचमर आएपछि मकैकाे बाेटमा जाेर घाेगा लागे घाेगापनि ठुलठुला भएकाे देखेपछि घरमा मकैराख्ने ठाउँ नहुनेभयाे भन्ने किसानलाई चिन्ता समेत बढ्याे।
दुर्भाग्य बस मकैमा खाेया ठुलेा लाग्याे तर दाना नलागेपछि उनीहरू निरास भए।गौरादह नगरपालिका वडा नं -६ का किसान शेर बहादुर पराजुलीले यश बर्ष करिब १२ कठ्ठा जग्गामा मकै खेती गरेका थिए।उनले लगाएकाे मकैमा दाना नलागेर खाेया मात्र लागेकाे छ।
मकैकाे बाेट र जाेर घाेगा लागेकाे देख्ता लगभग ७० मन सम्म मकै फल्ने बिस्वासमा राहेका पराजुली दाना नलागेकाे देख्दा छांगाबाट खसेझैं भए।उनकाे खेतमा लहलह भएकाे मकैका बाेट हेर्दा गाउँलेहरुले यशबर्ष मकैमा बाजि मारेकाे भन्ने गर्दथिए।
नगदे बालिका रुपमा लगाएको मकैमा ट्याक्टर लगाएर खेत जाेतेकाे, मल,पानी, किटनासक औषधि लगाएकाे र गाेडमेल गरेकाे परिश्रम, लगानी र मेहनत खेर गयाे भने मकैकाे बाेट गाई बस्तुलाई ठिक्क भयाे।
पराजुली जस्तै साेहि ठाउँमा मकै लगाएका अर्का किसान भुवन पाण्डेकाे ब्याथा पनि उस्तै छ।उनले पनि करिब १० कठ्ठा जग्गामा हाईब्रेड जातका मकै लगाएका थिए।
उनकाे खेतमा लगाएकाे मकैमा पनि दाना लागेन।पराजुली र पाण्डे जस्तै अन्य किसानहरुकाे पनि मकै भने जस्ताे फलेन।कसैकाे पातला दाना लागेभने घाेगा साना लागेकाे किसानहरु बताउँछन्।
वडा नं -६ का किसानहरुले श्री कृष्ण एग्राेभेट दामुनाबाट टि.एस.,पाइनर, लगायतका हाइब्रेड जातका मकै लगाएका हुन।वडा नं -६ का वडाध्यक्ष खड्ग प्रसाद पराजुलीले मकै लगाएर दाना नलागेका किसानहरुलाई वडा कार्यलयमा निबेदन दिन आग्रह गरेका छन।
मकैकाे बिऊ खरिद गरेकाे बिल भएमा बीउ बिक्रीवितरण गर्नेलाई कार्यवाहीकाे लागि पहल गर्न सकिने बताउदै मकैमा भएकाे नाेक्सानीका आधारमा आउदाे सालका लागि बीउ खरिद गरेर दिन सकिने वडाध्यक्ष पराजुलीले बताए।