देश–समाज मुख्य समाचार स्थानीय

एम्नेष्टी इन्टरनेसनल नेपाल समूह ७५ दमकको २४औँ वार्षिक साधारण सभा सम्पन्न

एम्नेष्टी इन्टरनेसनल नेपाल समूह–७५ दमकको २४औँ वार्षिक साधारण सभा शनिबार दमक–५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । समूह संयोजक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा एम्नेष्टी इन्टरनेसनल नेपालका पूर्व केन्द्रीय सदस्य शेषकुमार निरौला प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथिका रूपमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र दमककी प्रमुख सञ्चालिका ब्रम्हकुमारी राधा दिदी सहभागी भएकी थिइन् ।
कार्यक्रममा विशिष्ठ अतिथि पूर्व संयोजक भवकृष्ण खतिवडालगायत निवर्तमान संयोजक हरिप्रसाद नेपाल, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका उपाध्यक्ष शिवप्रसाद काफ्लेलगायतको उपस्थिति रहेको थियो । सचिव पदमप्रसाद रेग्मीले सञ्चालन गरेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन तथा ब्यानर वाचन गरेर गरेका थिए ।
सह–संयोजक ठाकुरहरि पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अनुगिरि र शुरवीर श्रेष्ठले स्वागत गान प्रस्तुत गरेका थिए । सभामा अध्यक्ष प्रेमबहादुर बस्नेतले संस्थागत प्रतिवेदन तथा कोषाध्यक्ष शुरवीर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चारु बस्नेत, प्रतिक्षा कार्की, रिया आचार्य र उपासना उप्रेतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । साथै, ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी प्रमुख सञ्चालिका राधा दिदी, समूह–६० की संयोजक नम्रता निरौला वराल तथा पूर्व कार्यसमिति सदस्य छविरमण निरौलाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Author

You may also like