एउटा सामाजिक प्राणी । सही गलत सबैसामु छुट्टयाउने मानव । एउटा चेतनशील मानव उ मात्रै हो कि स्वयं आविष्कारकपनि उ नै हो । कसैले गर्नैनसक्ने बैज्ञानिक अविष्कार उसैले मात्रै गर्न सकेका कारणले गर्दापनि मानव एक दार्शनिक चिन्तक हो भनेर भन्न सकिन्छ । तर हिजोदेखि आजसम्म मूल्यांकन गर्नैपर्दा आजको मानव, मानव जस्तो हुन सकेन । उसको दिमागमा कसलाई लडाउ, कसलाई फसाऔ र कोहि गोरो छ भने त्यसलाई कालो मानव बनाउ भन्ने दाउपेचमा आजको मानव । आफूभन्दा ठूलो मान्छेले भनेको मान्दैनन साना मान्छेहरु । अहिले सबैभन्दा ठूलो असर सामाजिक संजालका धेरै एप्सहरुले आजका युवायुवतीहरुको मस्तिष्क बिगारिदिएको छ । अहिले तपाईं हामीले सामाजिक संजालमा पोष्ट गरिएका भिडियो अनि नराम्रा स्ट्याटस हेरौ त हामीलाई लाज लागेर आउँछ । मान, इमान, जमान, इज्जत कसैको छैन । लाजमर्दो कुरा त यहाँ छ कि मानवको गरिमा स्वयं मानवलेनै सर्वनाश बनाउदैछ, दिनदिनै । मानव आज यथार्थवादको परिधिभित्र बसेर पूर्ण मानिस, परिवर्तित सन्दर्भ, यथार्थ जगत, सुखी जीवन, सीपमूलक शिक्षा, मानवीय शिक्षा, सामाजिक शिक्षा, इन्द्रियको विकास, बैज्ञानिक आधारको सीमा रेखा आत्मसात लिएर अघि बढ्न सकेन । जिन्दगीभर म बाचिरहन्छु, म मर्दिन, मलाई मान्छेको आवश्यक पर्दैपर्दैन । यसकारणले “मै खाउ, मै लाउ, सुखसयल मोजमै गरौं “ भन्ने भावनाले जागृत भएका कारणले आजको आधुनिक मानव मान्छे बन्न सकेन । रुपैयाँका लागि आफ्नो इज्जतलाई बन्धक राखेर कुकर्म गर्न उद्दत छ, आजको आधुनिक मानव । अहिले बिश्वमा दिनप्रतिदिन घटेका घटनाहरुको फेहरिस्त उदाहरण हेर्नुस, मान्छेले मान्छे मार्न झुण्ड प्रयोग गरिरहेको छ । अर्काको अस्मिता लुटेको छ, दिनदहाडै लुटपाटमा लागेर मान्छेलाई अपहरण गर्न, बलात्कार गर्न, आगो लगाउन लागिरहेको छ । बिधालयबाट ज्ञान आर्जन गरेपनि उसले मानवको उत्सर्ग, महिमा बुझ्न सकेकै छैन । जब कसैको अचानक मृत्यु हुन्छ र उसलाई घाटमा लगेर दागबत्ती उसका परिवारले दिन्छन अनिमात्र आँखाबाट बलिन्द्र आँसुका धारा बगाउछ, आजको कलुष मानव । विवेकशील, ज्ञानको अथाह भण्डार, चेतनाको धनी भएकैले मानिस सर्वश्रेष्ठ सामाजिक प्राणीको रूपमा कहलिएको छ । चेतना अनि संस्कृतिको धनी भएकै हुनाले मानिस दार्शनिक, अध्यात्मवादी, प्रवर्तक, बैज्ञानिकसमेत बन्न पुगेका हुन । वास्तवमा भन्ने हो भने ढुङ्गे युगदेखि वर्तमान अवस्थासम्म आइपुग्दा मानिसको गुण र उसको असली चरित्रमा बिगतदेखि आगतसम्मको इतिहास हेर्ने हो भने आकाश र पातालको फरकपना पाइन्छ । यो विश्व भूमण्डलमा जन्मिएका मानिसहरु कोहि मानव भएर जन्मिएर सत्कर्मतर्फ लागिरहेका छन भने यही भूमिमा कोहि( कोहि मानवहरु दानवका रुपमा गेरुबस्त्र धारण गरेर बसेका छन । बाहिर सज्जन मान्छेको रुप धारण गर्ने भित्रभित्रै कालो गोमन गरेर बीष वमन गर्नेहरुको हुल बढ्या छ, अचेल । रकमका लागि के सम्म गर्न चुक्न मान्छे । कहिँ पुराण लगाउनुपर्यो, चण्डी पाठ गर्नुपर्यो, महायज्ञ गर्नुपर्यो, श्राद्द गर्नुपर्यो, माङगलिक कार्य गर्नुपर्यो भने त्यसमा नि रकमको मोलामोल गरेर धर्ममाथि धनको तौल गर्नपनि पछि परेन, मानव । एउटा गरिब परिवार जो जहान पाल्नका निम्ति अनवरत अर्काको घरमा चुलोचौको गरेर जीवन चलाउछ, उसले कुनै माङगलिक कार्य गर्नुपर्यो भने साहुसङ्ग ऋण काढेर कर्मसिद्दि गर्नुपर्ने बनायो आजको आधुनिक मानवले । यहाँ यो स्वतन्त्र कलमीले कुनै वर्ग, लिङ्ग, सम्प्रदायप्रति लक्षित गरेर यो यथार्थ टिप्पणीमा अनर्गल प्रचार गरेको होइन किनकि आजको मान्छेले किन आफ्नो असली रुपको पहिचान जनजनमा गर्न नसकेको हो भनेर चिन्तामात्र व्यक्त गरेको हो । जुनकुरा स्वयं लेखक उपस्थित भएर माङगलिक कर्ममा दलाल बढाबढगर्ने मानवहरुको मजबुन समिपबाट बुझेर यो व्यक्त गरेको मात्र हो जुन समयसापेक्ष छ । कति धार्मिक कार्यको अवलोकन, अन्वेषण, अनुगमन, दानदक्षिणामा आशक्तिपन मानवलेले देखाएका रुपहरु देखेको हुनाले यहाँ सबैलाई अवगत गराएको मात्र हु । जुन सत्य र तथ्यपरक छ ।
आजको आधुनिक मान्छेले प्रत्यक्ष जगत्व/स्तु/ पदार्थनै सत्य हो । संसार परिवर्तनशील छ, कुनै प्राणीको स्थायी अस्तित्व छैन । मूल्य र आदर्श परिवर्तनशील छन । मानिसको वर्तमान जीवननै महत्वपूर्ण हो । इन्द्रियहरुबाट ज्ञानप्राप्त हुन्छ । मानिस अपूर्ण छ । बिचारभन्दा कार्य महत्वपूर्ण छ । सत्य परिवर्तनशील छ, ठोस र अन्तिम सत्यको अस्तित्वनै छैन । यसको यथार्थवाद र प्रयोजनवाद स्वयं मानवलेनै श्रजना गरेको हो । यसलाई आजको मानवले अध्ययन गर्नै सकेन । शीरोधार्य गरेर अघि बढ्नै सकेन । सबैको खुट्टा तान्नमात्र अघि सर्यो । मानिस अपूर्ण भएकाले मानिसलाई मानवीय चरित्र एवं गुणको विकास गर्न शिक्षा पर्याप्त भएपनि उसले सत्कर्म गर्न सकेन किनभने उसले आफ्नै मातापितालाइ धर्मशालाहरुमा, कुटीहरुमा बस्ने बनायो । सत्यम, शिवम, सुन्दरमको प्राप्ति गराउने शिक्षा मानवले ग्रहण गरेतापनि धनदौलतका लागि मानव कुकर्म गर्नपनि पछि हटेन । संस्कृतिको विकास अन्तरगत ईश्वरीय अभिव्यक्ति झल्काउनु पर्छ भन्ने चेतनासम्म गर्न सकेन, मानवले । आज आदर्शवादको शाश्वत मूल्यहरुमा सत्यम, शिवम, सुन्दरम प्राप्तिका लागि आत्मानै परमात्मा हो र मानवले शान्ति र सुरक्षाको ख्याल गरी आत्मकेन्द्रीत अध्ययन र ज्ञान प्राप्ति गर्नका लागि शिवमको मूल मन्त्रलाइ अघि सारेर हिड्नुपर्छ । अनि यो संसार सुन्दर छ । अन्तिम सत्य प्राप्तिको उपायबाट यो जीवन र जगतलाई हेर्नका निम्ति मनभित्रबाट पाप हटाउनका निम्ति आँखाभित्र सुन्दरमको भावना जागृत गराउनुपर्छ भन्दाभन्दै यसबाट च्यूत् हुन पुगेको छ मानव ।
धर्म, कर्म प्राप्तिका लागि आज मानवले करोडौं – करोड खर्च गरेर पुराण लगाउछ दान दिन्छ तरपनि मानवको मनभित्रै घमण्डको बिज उमारिराखेको हुन्छ । सत्यमले बौद्धिक ज्ञानसङ्गै इतिहास, भूगोल, भाषा, गणितको अध्ययन गर्छ भने शिवमले क्रियाकलापहरु नीतिशास्त्र, धर्मशास्त्र, धर्मग्रन्थहरुको गहिरो अध्ययन गर्छ । सुन्दरमले मनोरञ्जन, चित्रकला, नृत्य, सङगीतको अध्ययनसङ्गै जीवनलाई सुखानुभूतिको अनुभव प्राप्त गराउछ भन्ने कुरा पुराण, महायज्ञमा ज्ञान प्राप्त गरेपनि क्षणिक आनन्द प्राप्तिका लागि यो सबै भुलेर जान्छ, मानव । धर्मशास्त्रअनुसार सवै जातजातिले आ-आफ्नो धर्मानुसार कर्म गर्दै गरेका हुन्छ तर कुनै न कुनै ती आफूले गरेका शाश्वत कर्म स्वयं मानवले भुलेर जान्छ र दुष्कर्म गर्न उद्दत रहन्छ । महान दार्शनिक ब्यक्ति रुसोले भनेका-छन कि ( “मानवलाई प्राकृतिक प्राणी हुन नदिने बाधाहरु हटाउ ।“ बुद्धि र इच्छाका बीचमा सम्बन्ध छ, बुद्धिलाई त विश्राम चाहिन्छ तर इच्छाले कहिल्यै विश्राम लिदैन ।
मानव प्रकृतिको सन्तान हो, समाजको उपज भने होइन । तसर्थ, प्रकृतिको स्थान प्रमुख हुनुपर्छ जीवनमा । ब्यक्ति र समाजको स्थान गौण छ । मानवको प्रकृतिलाइ धर्म र समाजको आधारमा मान्नु पर्दछ । मानवदर्शनले नै भनेको छ कि समाज स्वयं एक आत्मा हो भनेर भनेको छ तर त्यही समाजभित्र बस्ने मान्छेहरू धेरैजसो सही बिचार बोकेका हुन्नन । गलत मानसिकता ग्रसित छन, मानवहरुको । आज सडक, सदन हेर्नुस मान्छेले मान्छेहरूलाई अपमान गरेको छ । आफ्नो पार्टी र दलभित्रका भ्रष्टाचारीहरु हुँदासम्म ढाकछोप गरेर सुनपानीले धुनेहरुको भीड छ बजारमा । काटमार, हिंसात्मक गतिविधि सामान्य जस्तो लाग्न थालेको हामीले हेर्दा । हिजोमात्र सडकमा अनाहकमा गोलीलागेर मारिएका ती विद्यार्थीहरुको कारुणिक मृत्यु हेर्दा लाग्छ, हाम्रो देश नेपालमा मानवता र मानव अधिकार दिनानुदिन हराउँदै गएको प्रतित हुन्छ । मानवीयता कुन चरीको नाम हो ? यो खोजेर कहाँ पाउन सकिन्छ, भन्ने भएको छ, सर्वसाधारण जनतालाई । आज मानवता शून्य सहनशीलतामा गुज्रेको छ । सत्ता, शक्ति अनि गुट र उपगुटको अन्त्य नभएसम्म मानवहरुको क्रूर जालोलाइ बढारेर मानवता बनाउनका निम्ति सबै मानवहरु एकजुट बनौ । यसमा सबैको हातेमालोको आवश्यक छ ।

Author

You may also like