:– विमल लामिछाने –:

दमक/ ठूला भनिएका पार्टीहरुमा नेतृत्व परिवर्तन गर्नुपर्ने विषयले महत्व पाएको छ । सबैजसो दलहरुमा यतिबेला नेतृत्वमाथि प्रश्न उठेपछि पार्टी अध्यक्षहरु नै घेराबन्दीमा परेका छन् भने दोस्रो तहका कतिपय नेताहरुले नेतृत्व परिवर्तन नगरेसम्म पार्टी चल्नै नसक्ने तर्क पनि गर्दै आएका छन् ।
यसअघिको निर्वाचन परिणाम अनुसार ठूलो भनिएको नेपाली कांग्रेसका नेताहरूले विशेष महाधिवेशन माग राख्दै हस्ताक्षर अभियान नै प्रारम्भ गरेका छन् । नेकपा एमालेभित्र नेतृत्व असफल भएको भन्दै देशभरबाट स्थानीय नेता तथा कार्यकर्ताहरुले पार्टी छाड्ने क्रम बढेको छ । उता नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन बोलाएर नयाँ म्यान्डटसहित नयाँ नेतृत्व ल्याउने निर्णय नै गरिसकेको छ ।
नेपाली कांग्रेसमा नेताहरूले हस्ताक्षर अभियान प्रारम्भ गर्दै इतिहासको संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरावस्थाबाट निकाल्न विशेष महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन् । कांग्रेसका १०९ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीलाई समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन प्रक्रिया थाल्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, “पार्टीलाई यथास्थितिमा राख्ने कि अग्रगमनतर्फ लैजाने आजको मूल प्रश्न यही हो । विषम परिस्थिति र संकटबाट नेपाली कांग्रेसलाई मुक्त गर्न वर्तमान केन्द्रीय समिति मात्र होइन, हाम्रो पनि उत्तिकै दायित्व हो ।”
नेताहरूले भदौ २३ र २४ गते जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलनबाट उत्पन्न परिस्थिति र घटनाको छानबिन गरी दोषीलाई कारबाही माग पनि गरिएको छ  । विज्ञप्तिमा नेताहरू कोसी प्रदेशमा सभापतिमा पराजित गुरुराज घिमिरे, युवा नेता देवराज चालिसे, तारानाथ दाहाल, पूर्वसांसद रीता शाही, बिमला नेपाली, रुद्र कन्दङ्वालगायतले हस्ताक्षर गर्नुभएको छ । यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रस्ताव समेत गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले केन्द्रदेखि जिल्लासम्मका सबै समितिहरु विगठन गरेर विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव पेश गरेका छन् । कतिपय नेताहरुले त यसअघि बसेको माओवादी पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले
ठूला….
नेतृत्व छाडेर कार्यवहाक अध्यक्ष तोक्नुपर्ने प्रस्ताव समेत राखेको बाहिरिएको छ ।
उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार पदाधिकारी बैठकमा जेनजी विद्रोह र वर्तमान अवस्थाबारे लामो व्याख्या गर्दै उपाध्यक्ष नारायणकाजि श्रेष्ठले उक्त विद्रोहको शिक्षालाई ध्यान दिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
सचिव देवेन्द्र पौडेलले पनि पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्व छाडेर कार्यवहाक अध्यक्ष आफूलाई तोक्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रस्ताव गरेको विषय सामाजिक सञ्जालमै लेखेका छन् । पार्टीका सचिव मातृका यादवले भने “पार्टी नेतृत्व उमेर र व्यक्तिगत इच्छाले गर्ने कुरा होइन । आन्दोलनको भट्टीबाट खारिएर आएको नेताले विचारद्वारा नेतृत्व गर्ने हो, भनेर प्रचण्डको बचाउ गरेका छन् । नेता जनार्दन शर्माले यसअघिनै प्रचण्डमाथि प्रश्न उठाउँदै आएका हुन् । निवर्तमान साझेदारी सरकारको नेतृत्व गरेको नेकपा एमाले विगठनको संघारमा पुगेको छ । अहिले एमालेका दोस्रो तहका नेताहरुले ओलीलाई भित्रीरुपमा पद छाड्न भनिरहेका छन् ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भदौ २४ गते नै राजीनामाको माग गरेका थिए । भदौ २३ गते बानेश्वर क्षेत्रमा ठूलो मानवीय क्षति भएकाले त्यसको नैतिक जिम्मेवारी लिँदै तत्काल मार्ग प्रशस्त गर्नुपर्ने उनको धारणा थियो । त्यतिबेला उनले पार्टी अध्यक्षबाट पनि राजीनामा दिनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले २ बजे राजीनामा दिए । तर स्थिति साम्य भएन । सुरक्षाकर्मी नै हारमान्नुपर्ने अवस्था आयो । प्रदर्शनकारीले सरकारका तीनै अंग कब्जा गरे । देशको प्रशासनिक केन्द्र मात्रै होइन राष्ट्रपति र प्रधानमन्त्री निवास नै खाक बन्न पुग्यो ।
यो घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने र पार्टी पुनर्गठन हुनुपर्ने उपाध्यक्ष युवराज ज्ञवालीले बताए । ओलीभक्त मानिने सचिव योगेश भट्टराईले पार्टी आन्दोलनको पुनर्गठनको खाँचो औंल्याएका छन् । देशभरबाट दवाब आइरहेकोले र अब पार्टी बचाउने हो भने नेतृत्व फेर्नुपर्छ उनले भने ।
केपी ओलीको प्रधानमन्त्रीबाट बहिर्गमन तीनै पटक सुखद् रहेन । पहिलो पटक (२०७३ साउन ९) उनीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएपछि राजीनामा दिएर हटेका थिए । दोस्रोपटक परमादेशमार्फत् हटाइएका ओलीलाई पछिल्लोपटक जेन–जी विद्रोहले उखेलिदियो । एकहप्ता सम्म उनी भूमिगत नै हुन पुगे ।
दोस्रोपटक विधान महाधिवेशन (२०८२ भदौ २०–२२) मार्फत् पार्टीमा आफूलाई निर्विकल्पजस्तै बनाएका ओलीलाई जेन–जी विद्रोहले नै पार्टी सत्ताबाट पनि हटाउने स्थिति बनेको छ ।
जेन जी आन्दोलनको कमाण्ड गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पनि नेतृत्व परिवर्तनको आवाज उठेको छ  । केही वर्षअघि मात्र स्थापना भएको अन्य राजनीतिक दललाई पुराना भन्दै आफूलाई ‘नयाँ’का रूपमा परिभाषित गरिरहेका रास्वपा सभापतिलाई रवि लामिछाने जेल परेसँगै रास्वपा धरापमा पर्दै आएको थियो । यतिवेला नयाँ पुस्ताको नेताले नेतृत्व छाड्न दबाब दिएका छन् ।
रास्वपा सुदूरपश्चिम प्रदेश समितिले केन्द्रीय समितिलाई पत्रै लेखेर सभापतिले नेतृत्व छाड्नुपर्ने सुझाव दिएको विवरण सार्वजनिक भएको छ ।
सभापति लामिछानेमाथि अदालतमा मुद्दा रहेको र पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा सभापति कायम रहँदा पार्टीको आन्तरिक शुद्धता र सार्वजनिक छविमा गम्भीर असर परिरहेको तर्क गरिएको छ । केन्द्रीय समिति बैठकमा लामिछानेको कारागारबाट भएको रिहाइ प्रव्रिmया र त्यसपछिको सार्वजनिक व्यवहारमाथि प्रश्न उठेको थियो । यसअघि शिक्षा मन्त्री भइसकेकी सुमना श्रेष्ठले पनि अब पार्टी सुधार्न नसकिने भन्दै राजिनामा नै दिइसकेकी छन् ।

Author

You may also like