अलेक्जेण्डर द ग्रेट ले मर्ने बेलामा ३ अंतिम बाँणीहरू बोले, अंतिम इच्छाहरू बोलेका थिए । त्यसपछि तुरून्तै परमधाम भए ।
के थिए त ती तीन इच्छा ?
पहिलो, म मरेपछि मेरो लाश डाक्टरहरूले बोक्नु ।
दास्रो, मेरो लाश लग्दै गर्दा पूरै बाटामा मूल्यवान धातु र पैसा छर्नु ।
तेस्रो, मलाई लग्दै गर्दा मेरा हात बाहिर निकालिदिनु ।
यति तीन कुरा भनेर उनी परमधान भए । भलै उनको मृत्युको बारेमा अभैm पनि अनेक तर्कहरू छन् । उनी ३२ बर्षको कलिलो उमेरमा यो लोक छाडेर गए । त्यो उमेरभित्रमा उनी लगातार १५ बर्ष त युद्धमा मात्र ब्यस्त रहे । ग्रीसका राजा युरोपका अनेक सहरहरू जित्दै अहिलेको अफ्रिकाको इजिप्ट, एसियाका सिरिया, अफगानिस्तना, भारतसम्म आइपुगेका अलेक्जेण्डर एउटा अकल्पनीय व्यक्ति थिए ।
एरिष्टोटलले पढाएका अलेक्जेण्डर दीक्षित त थिए नै, पराक्रमी पनि थिए ।
उनले जितेका ७० वटा भन्दा बढी सहरहरूलाई आप्mनो नाम दिए जुन आज पनि अलेक्जेण्डारियाको नामले बोलाइन्छन् । यतिसम्म कि उनले बिजय हासिल गरेको एउटा सहरलाई उनको घोडा व्युकिफालसको नाममा उक्त सहरको नाम राखिदिए । अनि उनको कुकुर पेरिटासको नाममा पनि सहरको नाम राखिदिए ।
१५ बर्षे युद्धकालमा उनले कहिल्यै पनि हार ब्यहोर्नु परेन । उनी संधै जितुवा मात्रै भए । त्यही भएर उनको नाममा ‘ग्रेट’ टाइटल राखिएको हो । उनको साम्राज्य ग्रीसबाट युरोप हुँदै, अफ्रिका देखि एसियासम्म पैmलिएको थियो । सिर्पm १५ बर्षको अवधिमा ।
कति अचम्म ?
गज्जप त के भने उनी किताबलाई प्रेम गर्थे, पढ्थे । होमरको किताब ‘इलियाड’ लाई त सिरानी लगाएर सुत्थे । त्यो किताब उनका गुरू एरिष्टोटलले उनलाई दिएका थिए ।
उनका दुई आँखाका रंग हल्का फरक थिए भनिन्छ, जुन दुर्लभ हो । त्यसले उनको तेस्रो नेत्र खोल्थ्यो भनिएको छ ।
उनी कुदिरहेको रथबाट हाम फाल्थे र रथसंगै कुद्थे । उनलाइै दौडन औधि मन लाग्थ्यो । यो प्रतिकात्क कुरा पनि थियो । उनी यति धेरै दौडिए कि १५ बर्षमा संसार पुगे डौडिएर मात्रै होइन, जितेर ।
जब उनका आत्मीय, प्राणभन्दा प्रिय हेफेस्टियन अज्ञात रोगले (तर अत्यधिक मदिरापानकै कारण उत्पन्न जस्तो देखिने व्याधिले) संसार छाडे, अलेक्जान्डर जीवनको गहिरो निराशामा डुब्न पुगे । उनी दिनरात त्यही शवसँगै बसिरहे(खाना, पानी, श्वासलाई समेत अस्वीकार गर्दै(अश्रुपातमा बगिरहे । अन्ततः उनका वीर सैनिकहरूले जबरजस्ती उनलाई शवबाट अलग गर्नुप¥यो ।
पछिल्ला दिनहरूमा उनी मौनताको अन्धकारभित्र ओछ्यानमा पल्टिरहे, हल्का स्वरमा शोकको आँसु पोखिरहे । उनले टाउको खौरिए(शोकको प्रतीकका रूपमा(र आदेश दिए कि राजाको मृत्यु सूचकका रूपमा जलिरहेको पवित्र अग्नि निभाउनू ।
उनी क्रोध र पीडाले आकुल बनेर, उपचारका देवताको लागि बनेको मन्दिरलाई समेत ध्वस्त पार्न आदेश दिए । अनि घोषणा गरियो(हेफेस्टियन अब केवल मानव नभएर दैवी नायक हुन् ।
नौ महिनापछि पनि उनले आफ्ना आत्मीय मित्रको सम्झनामा स्मारकहरूको योजना गरिरहे । तर नियतिको लेखाइ प्रबल थियो(उनी स्वयं मृत्युको आलिङ्गनमा विलीन भए ।
अलेक्जान्डर, जसले तीन दशकको आयु मै संसारको प्रायः सबै भूभाग जितिसकेका थिए, बत्तीस वर्षको उमेरमा अनन्त यात्रामा प्रस्थान गरे । भलै उनको मृत्युका बारेमा अनेक भनाइहरू आइरहेका छन् ।
यति महान शासक अलेक्जेण्डरले मर्ने बेलामा भनेका ती तीन वटा कुराको अर्थ के थियो ? उसबेला धेरैले त्यसको अर्थ बुझेनन् पनि । तर अर्थ गम्धीर रहेछ ।
पहिलो, जतिनै शक्तिशाली मान्छे हुँ भने पनि अंत्यमा डाक्टरले पनि जोगाउन सक्दैनन् भन्ने सन्देश ।
दोस्रो, मान्छेले जीवनकालमा जति कमाए पनि मरेका दिन ती कुनैको पनि अर्थ रहँदैन, त्यसलाइै सडकमा फाले हुन्छ भन्ने सन्देश ।
तेस्रो, मान्छेले जीवनकालमा जतिसुकै महान कर्म गरेपनि अंतिममा जाने त खाली हात नै हो भन्ने सन्देश ।
एउटा संसार जितेर सधैं अमर बन्छु भन्ने भ्रम बोकेर जीवनभर बाँचेको मान्छेले मृत्युशैयामा ती त सबै भ्रम पो रहेछन् भन्ने अनुभूत गरेको कुरा कति महान रहेछ ?
आज म देखिरेहेको छु, माथिदेखि तलसम्मका राज्य निकायहरूमा, खासगरी राजनीतिक बृत्तमा, ती सबै अलेक्जेण्डरको शासनकालका राप र ताप बोकेर हिंडिरहेका छन् । ती संसार जित्न खोजिरहन्छन् । ती आपूmलाई अपराजित ठान्छन् । ती आपूmलाई चिरञ्जीवी ठान्छन् । यस्तो लाग्छ, मानौं, ती कहिल्यै मर्दैनन् । ती कहिल्यै हार्दैनन् । ती युगयुगसम्म तिनले ‘आर्जन’ गरेको भोगिरहन पाउने छन् । तिनले ‘कमाएको’ अकूत सम्पत्तिको ती उपभोक्ता भइरहने छन् । तिनलाई कसैले ‘छुन’ पनि सक्दैन । जनताले संधै तिनलाई जयजयकार गरिरहने छन् । तिनीहरूलाई देवत्वकरण गरिरहने छन् । तिनले सुतेको, उठेको, लुगा लगाएको, खाएको, हगेको, पादेको समाचार लेख्न आतुर राज्यको चौथो अंग संधै उपलब्ध भइरहने छ । तिनले अरूलाई जति गाली गरे पनि, जस्तो भाषा प्रयोग गरेपनि, जतिसुकै झुट बोलेपनि, जतिसुकै बाहाना बनाएपनि पररररर ताली पड्काइदिने भीड तिनहिरूकै वरिपरि ‘गणेश राजनीति’ गरिरहेका हुने छन् । जति लुटे पनि, जति भ्रष्टाचार गरे पनि, जति अपराध गरे पनि तिनलाई छुटाइदिने राज्य संयन्त्रहरू लाइन लागेर उपस्थित हुने छन् ।
यसको परिणाम हो यिनीहरू अन्धो भएका छन् । यन्त्र मानव भएका छन् । हाम्रो कामना एउटै मात्र छ, यिनीहरूलाई पनि अलेक्जेण्डरलाई जस्तै मर्ने बेलामा जीवनको बारेमा तत्वबोध होस । तिनले पनि ३ वटा नभए पनि कम्तीमा एउटा इच्छा व्यक्त गरून् मर्ने बेलामा । त्यसबेला यो देशले मूक्ति पाउने छ । हामीले मूक्ति पाउने छौं ।
हामीलाई अलेक्जेण्डर चाहिएको होइन, उनले मृत्युशैयामा व्यक्त गरेको ज्ञान चाहिएको हो ।
अहिले हाम्रा प्रधानमन्त्री चीन यात्रामा छन् । उनलाई अलेकजेण्डर बनाउनेहरूको भीड देखिरहेको छु । कसले धेरै मात्रामा ‘बखान’ गरेर अलेक्जेण्डर बनाउने भन्ने प्रतियोगिता चलेको छ । मुलुक र हाम्रा लागि योभन्दा खतरनाक कुरा अरू छैन ।

Author

You may also like