देश–समाज राष्ट्रिय समाचार स्थानीय

आज संघीय संसदका दुवै सदनका बैठक बस्ने, कार्यसुची यस्तो छ

दमक । संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छन् । त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ फिर्ता लिने प्रस्ताव गर्नेछन् ।
त्यस्तै नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
त्यस्तै गृहमन्त्री रमेश लेखकले नागरिकता दोस्रो संशोधन विधेयक प्रस्तुत गर्नेछन् भने नेपाल प्रहरी विधेयक पनि प्रस्तुत हुनेछ । त्यस्तै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपाल विधेयक पनि प्रस्तुत गर्नेछन् ।
त्यस्तै अर्थमन्त्री पौडेलले बैंकिङ कसुर तथा सजाय विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Author

You may also like