मुख्य शिक्षा

पथरी क्याम्पस पनि क्यूएएको प्रक्रिया

पथरी÷ मोरङको पथरीशनिश्चरेस्थित पथरी बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तरयुक्त वनाउन क्वालिटी एसुरेन्स एजेन्सी (क्युएए) प्रक्रिया अघि बढेको छ ।
पथरी बहुमुखी क्याम्पसले त्रिभुवन विश्व विद्यालयलाई क्यूएए प्रमाणित गर्न क्याम्पस सञ्चालक समितिले ३ हजार २ सय पृष्ठको रिपोर्ट त्रिवि अनुदान आयोगमा बुझाएको थियो । सो रिपोर्टको आधारमा आयोगले विश्व विद्यालय अनुदान आयोगकोको पूर्व सदस्य सचिव तथा आयोगको विशेषज्ञ प्राध्यापक भोलानाथ पोख्रेलको टोली क्याम्पसको प्रथम (प्रि) भिजिटमा आएको छ ।
आयोगको प्रतिनिधिहरुले आइतबार, सोमबार र मंगलबार तीन दिन बसेर क्याम्पसले बुझाएको रिपोर्टको थप परीक्षण गर्ने जानकारी गराएको क्याम्पस सञ्चालक समिति अध्यक्ष रामकुमार वस्नेतले वताए । सञ्चालक समितिले टोलीलाई स्वागतका साथै क्याम्पसको वर्तमान अवस्था बारे जानकारी गराएको थियो । पूर्व क्याम्पस प्रमुख चेतन पौडेलले क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक, शिक्षक र विद्यार्थी लगायतको विषयमा प्रस्तुति दिएका थिए ।

You may also like