मुख्य

पशुपालनमा युवाको आकर्षण

दमक/ झापा जिल्लामा पछिल्लो समय युवाहरु पशुपालन व्यवसायमा जुटेका छन् । सरकारले अनुदानका कार्यक्रम समेत संचालन गर्न थाले पछि जिल्लामा युवा पुस्ता थप आकर्षित बन्दै गएको हो । स्वदेशमै केही गरौं भनेर लागेका युवाहरुले पछिल्लो समय पशुपालन व्यवसायमा जोड दिन थालेका छन् । १३ वर्ष विदेश बसेर स्वदेशमा पशुपालनमा लागेका गौरादह नगरपालिका वडा नं. ७ का सरोजकुमार वस्तीले विदेशमा जति कमाइ घरमै बसेर गर्न सफल भएका छन् ।
संघीयता कार्यान्वयनसँगै कृषि ज्ञान केन्द्रमार्फत् सरकारले किसानलाई अनुदान समेत दिँदै आएको छ । यस वर्ष पनि जिल्लामा ६० लाख बजेटको गाई ब्लक कार्यक्रम संचालन गरिएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शित्तल भट्टराईले जानकारी गराए । दुध र दुग्ध परिकारको बजार विस्तार हुन थाले पछि झापा जिल्लाका युवाहरुले पशुपालनलाई जोड दिन थालेका हुन् । गाउँघरमा चिस्यान केन्द्र संचालन तथा दुधको अन्य परिकार समेत बनाउन थाले पछि पशुपालन व्यवसायमा आकर्षण बढ्दै गएको व्यवसायीले बताएका छन् । विदेशबाट फर्किएका र स्वदेशमै केही गरौं भन्ने युवा पुस्ता पछिल्लो समय कृषि व्यवसाय प्रति समेत आकार्षित बन्न थालेका छन् । कृषि व्यवसायलाई दिगो बजार र आम्दानीमुखी बनाउन सरकारले पहल गर्ने हो भने विदेश जाने युवाहरु स्वदेशमै केही गर्न थाल्ने उनीहरुको भनाइ छ ।

Author

You may also like