दमक/ झापाको दमक नगरपालिकाले दमक बहुमुखी क्याम्पसद्वारा स्थापित अक्षयकोषमा १० लाख सहयोग उपलव्ध गराएको छ । क्याम्पसले सञ्चालन गरेको अक्षयकोष निर्माणमा सहयोग पु¥याउन नगरपालिकामार्फत् १० लाख रुपैयाँ उपलव्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताए । नगरपालिकाले मंगलबार संक्षिप्त कार्यक्रम गरी उक्त अक्षयकोषको चेक हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण गर्दे नगर प्रमुख रोमनाथ ओलीले दमक बहुमुखी क्याम्पसको शैक्षिक वृत्ति विकासमा सहयोग पु¥याउन सहयोग उपलव्ध गराइएको बताए । क्याम्पस संचालनका लागि नियमित स्रोत जुटाउन छुट्टै अक्षयकोष निर्माण गरिएको क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकीले बताए । कोषमा हाल ३२ लाख जम्मा भइसकेको छ ।