दमक/ झापाको दमकमा रोज गार्डेन सञ्चालनमा आएको छ । बिभिन्न प्रजातीका गुलावका फूलहरु एकै बगैंचामा फुल्ने गरिको गार्डेन निर्माण गरिएको छ । दमक नगरपालिका र स्थानीय नागरिकको लगानीमा सो गार्डेनको निर्माण गरिएको हो ।
झापाको दमक ७ स्थित रेडक्रस सोसाईटी भवनको पश्चिम पट्टिको खाली जमिनलाई दमक नगरपालिकाले सदुपयोगमा ल्याएको छ । यो ठाउँलाई अव गुलावै गुलाव फुलाएर नयाँ पार्कको रुपमा विकास गर्ने काम सुरु भएको छ । यसले दमकको पहिचानलाई विस्तार गर्न थप मद्यत पुग्ने विस्वास गरिएको छ । यहि वडाका स्थानीयबासी भूमिराज राई ब्यस्त शहर दमकमा एकछिन भएपनि मन भुलाउने ठाउँ तयार भएकोमा खुसी व्यक्त गर्नु हुन्छ ।
केहि बेर भएपनि प्राकृतिकरुपमा फूल्ने फूलहरुहरुको सू–गन्धले मनलाई आनन्दित दिने ठाउँ तयार भएको उनको भनाइ छ । यहाँ न्यूनतम ४० प्रकारका गुलावका फूलहरु रोपिएको छ । विभिन्न फूलहरुलाई एकै ठाउँमा रोपिएका कारण फूलिसकेपछि एउटै बगैचामा थरी–थरीका फूल देख्दा निकै आकषर्ण देख्न सकिन्छ । यहाँ रोपिएका फूलहरुको व्यवस्थापन गर्नु भएका झापा सुरुङ्गमा दिपज्योती फूलबारी सञ्चालन गरिरहनु भएका दिपक कुमार सिवाकोटीले यहाँ फूल्ने फूलहरुबाट गुलावजल लगायत गुलावबाट बन्ने अन्य पदार्थहरु समेत निर्माण हुने बताइएको छ । हेर्दा सानो क्षेत्र भएपनि यहाँ २१ देखी २५ सय सम्मका गुलावका फूलहरु फुल्ने छन् । यसको अर्किटेक गरेका पारस खड्का भने, यो क्षेत्रमा कम्तिमा हिडडुल गरेर एक बिहानको मर्निङ वाक गर्न पुग्ने गरिको डिजाईनमा बनाइएको । फूलहरुपनि रोप्न पुग्ने, छेउ छाउ हिड्न पनि पुग्ने र फोटोहरु खिच्न मिल्ने केहि संरचनाहरु पनि तयार पारिएको खड्काले । यो योजना सम्पन्न गर्न कुल २१ लाख ३१ हजार ५ सय १२ रुपैँया लगानी लागेको छ । यसमा दमक नगरपालिकाको २० लाख बाँकी स्थानीय उपभोक्ताले लगानी गरेका हुन । २०७८ साल पुष २३ गते यो योजनाको काम गर्ने र २०७९ साल बैशाख ३० गते सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । यद्यपी यो आयोजनाको दमकका जनप्रतिनिधि निर्वाचित भएर आउने वित्तीकै भएको थियो ।