स्वास्थ्य

फोक्सो स्वस्थ्य राख्ने तरिका

सुन्तला : सुन्तलामा क्रिप्टोसान्थिन भन्ने तत्व पाइन्छ, जसलेमा क्यान्सर हुने जोखिम कम गर्छ ।

सिस्नु : सिस्नुमा आइरनको मात्रा उच्च हुन्छ । सिस्नु खानाले फोक्सोमा भएको इन्फेक्सनको प्रभाव कम हुन्छ ।

मकै :  मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ ।

प्याज : प्याजले पनि फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ । प्याज खानाले विभिन्न खाले रोगबाट बचाउँछ, जसमध्ये फोक्सोको इन्फेक्सन पनि एक हो ।

अदुवा : अदुवाले फोक्सोमा जम्मा भएका विकारलाई कम गर्छ । चियामा अदुवा हालेर खाने गर्नाले सास ताजा पनि बन्न पुग्छ ।

जरीबुटी : सुन्तलाको बोक्रा, युकालिप्टस (मसला), पुदिनाजस्ता जरीबुटीले फोक्सोलाई सफा राख्छन् ।

भिटामन सीयुक्त खाना :  सुन्तला, कागती, निबुवा, मौसम, गोलभेँडाको जुस, स्ट्रबेरी, भुइँकटहर, आँप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चार तीव्र बनाउने काम गर्छन् ।

पिस्ता : पिस्तामा गामा–टोकोफेरोल नामक एक प्रकारको भिटामिन–ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्छ ।

लसुन :  लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ । लसुनले फोक्सोलाई फाइदा पु¥याउँछ ।

Author

You may also like