मनोरञ्जन

अहिले ट्रेन्डिङमा चलेका दुई नेपाली गीत

यतिबेला सामाजिक सञ्जाल तथा युट्युबमा दुई वटा नेपाली गीत ट्रेन्डमा छन्। ती हुन् प्रकाश दूतराजको ‘जाम भो माइली’ र दिनेश ढकालको ‘कालो केशमा रेलिमै’।
जाम भो माइली’ प्रकाश दूतराज र शान्ती श्री परियारको स्वरमा रहेको छ। शृंगारिक भावमा रहेको गीतमा शब्द तथा संगीत पनि प्रकाशकै छ।
दुई साताअघि सार्वजनिक गीतलाई युट्युबमा १५ लाखभन्दा बढी पटक हेरिसकिएको छ।
मौसम हिमालीको कथा एवं निर्देशनमा बनेको गीतको भिडियोमा गायक, गीतकार प्रकाशसँगै रोशनी कार्की र निक्स शर्माको मुख्य भूमिका छ।
याे गीतमा शब्द, संगीत, स्वर, भिडियो निर्देशन, अभिनय, नृत्य निर्देशनको सुन्दर संयोजन देख्न पाइन्छ। प्रकाशका घर कता हो बैनीको, आरने, बैनी झ्यालैमा लगायत गीत पहिले नै चर्चित छन्। ​
‘जाम भो माइली’ बजारमा आएको ४ दिनपछि सार्वजनिक भएको दिनेश ढकालको ‘कालो केशमा रेलिमै’ बोलको गीत यतिबेला ट्रेन्डमा रहेको अर्को गीत हो। दिनेशको शब्द, संगीत तथा एकल स्वर रहेको गीतको एरेन्ज शार्दुल श्रेष्ठले गरेका हुन्।
यो गीत यतिबेला युट्युब ट्रेन्डिङ लिस्टको पाँचौं नम्बरमा रहेको छ। यसलाई युट्युबमा मात्रै ११ लाखभन्दा बढी पटक हेरिएको छ भने टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा पनि यो ट्रेन्डिङमा छ। मानव सुवेदीको निर्देशन, छायांकन तथा सम्पादनमा बनेको यो गीतको भिडियो पनि दर्शकले निकै रुचाएका छन्। गीतको भिडियोमा गायक दिनेशसहित अलका सुवेदी, राजन न्यौपाने, शिव थापा, सुक्रिती उप्रेती लगायतका कलाकारको अभिनय रहेको छ। https://youtu.be/lVjngnrL9aE

You may also like