विचित्र संसार

नूनको मुल्य पौने १२ लाख

नूनको स्वाद बिना खानाको स्वादको कल्पना समेत गर्न सकिँदैन । खानाको स्वाद बढाउन नून किनेर ल्याउँनु पर्दछ । जुन २०/२५ रुपैयाँमा आउँछ । तर के कुनै नून किन्न लाखौंको धनराशी पनि कम पर्ला ।
विश्वमा एक अनौठो नून छ जो एक केजीकै लाखौ पर्दछ । आइसलैन्डिक साल्ट नामक नूनको मुल्य अत्यन्त महंगो छ । यो विश्वको सबैभन्दा महंगो नून हो । तथापी धेरै सेफहरुको रोजाइमा यहि नून पर्ने गर्दछ । यो नून यति महंगो छ कि एक केजी यो नून किन्नु परे लगभग ८ लाख ३० हजार भारु अर्थात पौने १२ लाख नेपाली रुपैयाँ पर्दछ ।
आइसलैन्डिक साल्ट, आइसल्याण्डको उत्तर–पश्चिमी भागमा हातद्धारा बनाइन्छ । यो नून आइसल्याण्डको वेस्टफ्योर्ड्समा स्थित साल्टवर्क उद्योगमा तयार पारिन्छ ।

You may also like