समाचार

ब्राउन सुगरसहित ३ जना पक्राउ

दमक/ झापा गौरिगञ्ज गाउँपालिका–४ कदमगाछीबाट लागूऔषध ब्राउन सुगरसहित २ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–१ कि ३४ बर्षीया मञ्जु धिमाल र २५ वर्षीया बिमला धिमाल रहेका छन् ।
शनिबार राति ९ बजे सीमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लगी थप अनुसन्धान भइरहेको छ ।
त्यसैगरी, झापा भद्रपुर नगरपालिका–३ किचकबधबाट एकजनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगञ्ज बस्ने २८ वर्षीय श्रवण राय रहेका छन् ।
शनिबार दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २१ ग्राम २६० मिलिग्रामसहित पक्राउ गरिएको हो । पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

Author

You may also like