दमक/ झापाको कमल गाउँपालिका वडा न. ३ केर्खा बजार निवासी ब्लड क्यान्सर रोगी जानुका दुलाललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१ हजार रुपैयाँ आर्थिक सहयोग दिएको छ । पार्टी क्षेत्र न. ५ का क्षेत्रीय अध्यक्ष भीम प्रसाद पौडेलको अगुवाईमा पार्टी सदस्यहरूबाट संकलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको पार्टीका कमल गाउँ समिति अध्यक्ष दिपक खरेलले जानकारी गराए । आर्थिक अवस्था कमजोर भएकी दुलाललाई थप उपचारका लागि बुधबार पार्टीले उक्त सहयोग उपलब्ध गराएको उनले जानकारी दिए । सहयोग हस्तान्तरणमा पार्टीका १ नम्बर प्रदेश समितिका अध्यक्ष राम थापा ,प्रदेश सचिव नेत्र चम्लागाई, जिल्ला अध्यक्ष केशव ओझा, दमक नगर अध्यक्ष हेम सुवेदी लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।