समाचार

‘विद्यालयमा मनोविज्ञान’ कार्यक्रम

दमक/झापाको कमल गाउँपालिका वडा नम्वर ५ सितापुरीस्थित सिद्धदेवी प्राथमिक विद्यालयमा ‘विद्यालयमा मनोविज्ञान’ नामक कार्यक्रम संचालन हुने भएको छ । सो कार्यक्रम संचालनका लागि बुधबार नेशनल प्रोग्राम सेन्टर झापाकी संयोजक निता गौतम र विद्यालयकी प्रधानाध्यापक कौशिला पौडेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार विद्यार्थीहरुको शिक्षण सिकाइमा कुनै समस्या भए कसको कमजोरीका कारण भएको सो पत्ता लगाई मनोवैज्ञानिक ढंगबाट त्यसको निरुपण गरिने सो कार्यक्रमका विद्यालय संयोजक निमेष गौतमले बताए ।
विद्यालयमा भएको सम्झौता कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्की, अतिथिहरुमा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने, नेशनल प्रोग्राम सेन्टरका कार्यक्रम निर्देशक तथा मनोविज्ञ डा. सुशिल कँडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर्वदा गौतम उप्रेती, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो  । शिक्षण सिकाईको प्रक्रियालाई सहज र व्यवस्थित बनाउन सो सेन्टरले आवश्यक सहजीकरण गर्ने बताइएको छ । यस्तो कार्यक्रम विद्यालयको शैक्षिक गुणस्तर प्रवद्र्धनका लागि गरिएको र त्यो निःशुल्क रहेको जानकारी गराइएको छ । सेन्टरले झापाको दमकमा कार्यालय राखेर आवश्यक व्यक्तिहरुलाई मनोवैज्ञानिक सहयोग समेत गरिरहेको पनि बताइएको छ ।

Author

You may also like