समाचार

दमकका बन्दीलाई सहयोग

दमक/इलाका प्रहरी कार्यालय दमकको बन्दी गृहमा प्रयोग गर्ने गरी चार थान टेबल पंखा र केहि पुस्तकहरु दुईजना व्यवसायीहरुले उपलब्ध गराएका छन् । साहित्यकार तथा मिन्ट सर्जिकल दमकका संचालक मोहन ढुंगाना (मेची पुत्र) र होटल पेरुङ्गोका संचालक बाटोघरे कान्छाले हिरासत गृहमा गर्र्मीको समयमा समस्या रहेकाले टेबल पंखा र अध्ययनका लागि केहि साहित्यिक पुस्तकहरु उपलब्ध गराएका हुन् ।
बिभिन्न घटनामा संलग्नको अभियोग लागेका व्यक्तिहरुलाई अनुसन्धानका राखिने बन्दी गृहमा पंखा नहुँदा गर्र्मीमा धेरै समस्या भएको देखेर आपूmहरुले मानवीय सहयोग स्वरुप चार थान पंखा सहयोग गरेको मेची पुत्रले जानकारी गराए । त्यसैगरी हिरासतमा आएकाहरुलाई समय बिताउनका लागि र केहि सकारात्मक सोचको विकास गर्न साहित्यिक पुस्तकहरु समेत उपलब्ध गराइएको उनले बताए । इलाका प्रहरी कार्यालय दमकमै पुगेर उक्त सामाग्रीहरु कार्यालय प्रमुख तथा प्रहरी नायव उपरीक्षक नवराज कार्कीलाई हस्तान्तरण गरिएको हो । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस दमक नगर सचिवद्वय प्रकाश प्रसाईं र युवराज खनाल (सागर) लगायतका सामाजिक व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

Author

You may also like