दमक/ झापाको दमक–१ निवासी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा सामाजिक व्यक्तित्व घनेन्द्रराज योङ्यालाई पितृशोक परेको छ । उनका ८६ वर्षीय बुवा कृष्ण प्रसाद योङ्याको दमकस्थित एड्भान्स अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो निधन भएको हो ।
फोक्सोमा संक्रमण भएपछि उनी तीनदिन देखि त्यहाँ उपचारत थिए । स्वर्गीय योङ्याका छोराहरु घनेन्द्र र राजकुमार हुन् । घनेन्द्र पार्टी बाहेक दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । यस्तै राजकुमार पनि दमक उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष हुन् । यसैबीच योङयाको शवको आज साउन १० गते आइतबार बिहान १० बजे कोशी नदीस्थित चतराधाममा अन्तिम दांहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।