समाचार

एड्भान्स हस्पिटलमा पुनः कोरोनाको उपचार शुरु

दमक/झापाको दमक–६ स्थित एड्भान्स मल्टिस्पेशलिटी हस्पिटलले पुनः कोरोना संक्रमित विरामीको उपचार गर्न थालेको छ । पछिल्लो समय कोरोना संक्रमण बढेसंगै अस्पतालले एक सातादेखि कोभिड संक्रमित भएका विरामीहरुको उपचार सेवा शुरु गरिएको अस्पतालका सञ्चालक चैतन्य बरालले बताए । उनका अनुसार एक साताका अवधिमा आईसीयूसहित जनरल वार्डमा गरी शनिबार विहानसम्म १३ जना उपचारत रहेको उनले जनाए ।
उनका अनुसार महिना दिन अघि कोरोना संक्रमण केहि घटेसंगै कोभिड उपचार सेवा बन्द गरिएको थियो । तर फेरि संक्रमण बढेपछि अस्पतालले कोभिड लक्षित विरामीको समेत उपचार सेवा शुरु गरिएको अस्पतालका अध्यक्ष माधव पराजुलीले बताए । दमकमा पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढ्दै गएको छ । दैनिक जसो हँुदैआएको कोरोना परीक्षणको तथ्यांकलाई हेर्दा पनि दमकमा निषेधाज्ञा खुकुलो भएसंगै संक्रमणको दर समेत बढ्दै गएको नगर स्वास्थ्य शाखाका प्रमुख रामवृक्ष चौधरीले बताए । दमक अस्पतालको कोभिड विशेष उपचार केन्द्र, आम्दा ,लाइफलाइन र एड्भान्स हस्पिटलमा कोभिडका विरामीको उपचार हुँदै आएको छ । त्यहाँका सबै अस्पतालमा विरामीको चाप रहेको उनले बताए ।

You may also like