समाचार

दाहाल प्रतिष्ठानमा वृक्षारोपण

दमक/झापाका दमक र लखनपुरका तीनवटा संस्थाले दमक–४ स्थित दाहाल प्रतिष्ठान परिसरमा विभिन्न जातका विरुवा वृक्षारोपण गर्नुका साथै भएको विरुवाको गोडमेल समेत गरेका छन् । शुक्रबार ति संस्थाका पदाधिकारी तथा सदस्यहरु लगायतले प्रतिष्ठान परिषरमा अम्बक, कागती, आँप, लिचि, सुपाडी, स्वामी लगायतका विरुवा रोपण गरेका हुन् ।
यसरी नयाँ विरुवा रोपण गर्ने र पुराना विरुवाको संरक्षण गर्ने काम लायन्स क्लब अफ दमक लखनुपर, लायन्स क्लब अफ दमक एक्टिभ र लियो क्लब अफ दमक लखनपुरले संयुक्त रुपमा गरेका हुन् । त्यसअवसरमा दाहाल प्रतिष्ठानका तर्फबाट केन्द्रीय सदस्य तथा वातावरण संयोजक गञ्जबहादुर दाहालको समेत सहभागिता रहेको थियो भने कार्यक्रम लायन्स क्लबका एरिया इम्प्याक्ट इन्चार्ज लायन ज्ञाननाथ पौडेलको रहेको थियो । जोन चियर पर्सन हेमसागर अधिकारी, लायन्स क्लब अफ दमक एक्टिभका अध्यक्ष कल्पना पोखरेल सापकोटा र लियो क्लब अफ दमक लखनपुरकी अध्यक्ष दिप्ना भट्टराईको विशेष आतिथ्यता रहेको थियो । वृक्षारोपणका क्रममा गरिएको संक्षिप्त औपचारिक कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ दमक लखनपुरका अध्यक्ष राजु खड्का र कार्यक्रम संचालन सोही क्लबका सचिव दिपक खड्काले गरेका थिए । यसैक्रममा ति संस्थाहरुले बिहीबार नेपाल रेडक्रस सोसाइटी दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेर १३० पिन्टभन्दा बढी रगत संकलन गरेका थिए ।

Author

You may also like