दमक/ झापाको दमक–८ मा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानका कर्मचारी मृत भेटिएका छन् ।
अन्दाजी ४० बर्षीय मुक्तिनाथ दाहाल सोमबार दिउँसो एक बजेतिर मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्लाष्टिकको डोरीको पासो लगाएर दाहाल झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजयराज पण्डितले जनाएका छन् ।
दाहालको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको बताइएको छ ।
घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी पण्डितले जनाएका छन् ।