दमक। झापाको शिवसताक्षी नगरपालिकाका थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५४ जनाको स्वाब संकलनगरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
शिवसताक्षीबाट ४७ जना पुरुष र ७ जना महिलासहित ५४ जनाको स्वाब आइतबार परीक्षणका लागि पठाइएको थियो । स्वाब पठाइएकामा ५ जना सुरक्षाकर्मी, ३ जना स्वास्थ्यकर्मी, ९ जना होम क्वारेन्टाइनमा बस्दै आएका थिए भने बाँकी क्वारेन्टाइनका थिए ।
संक्रमित हुनेमा वडा नम्बर ८ की २८ बर्षीया महिला भएको नगरपालिकाका फोकल पर्सन रोशन अधिकारीले जानकारी दिनुभयो । वहाँका अनुसार ति महिला नेपाल एयरलाइन्समार्फत कुबेतबाट यहि असार २३ गते नेपाल आइ २४ गतेदेखि शिवसताक्षीको क्वारेन्टाइनमा बस्दै अएकी थिइन् ।
कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई विराटनगरको कोभिड अस्पताल पठाइएको पनि फोकल पर्सन अधिकारीले जानकारी दिनुभयो । योसँगै शिवसताक्षीमा कोरोना भाइरस संक्रमण हुनेको संख्या ५ पुगेको छ । त्यसमध्ये २ जनाले भने कोरोना जितिसकेका छन् ।