समाचार

एमसीसी राष्ट्रहित विपरीत भएको भन्दै झापाको दमकमा चर्को विरोध

दमक। झापाको दमकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरुद्धमा विरोध कार्यक्रम सम्पन्न भएको छ । देशप्रेमी नागरीकहरुको एक समुहले आयोजना गरेको सो विरोध कार्यक्रमका बक्ताहरुले एमसीसी राष्ट्रहित विपरीत भएको भन्दै चर्को विरोध गरेका थिए ।

उनीहरुले राष्ट्रघाती एमसीसीका लागि बजेट नै छुट्याएको भन्दै सरकारको आलोचना समेत गरे । उनीहरुले संसदबाट राष्ट्रघाती विधेयक पारीत गरिए ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिएका छन् ।

दमक चोकमा भएको विरोध कार्यक्रममा सरकारले भरखरै निकालेको नयाँ नक्सा कागजमा मात्र नभएर जमीन सहितको हुनुपर्ने धारणा समेत राखे । कार्यक्रममा सामाजिक अभियन्ताहरु छवि बास्कोटा, भवानी सुवेदी, योगेन्द्र खनाल, महेन्द्र प्रसाईं र गणेश ढुंगानाले मन्तव्य राख्नु भएको थियो ।

Author

You may also like