समाचार

३ दिन सम्म माग पुरा नभए आँफै पसल खोल्ने झापाका व्यवसायीहरुको निर्णय

दमक। कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले जारी राखेको लकडाउनको मोडालिटी परिवर्तन गर्दै सबै प्रकारका उद्योगधन्दा कलकारखाना तथा पसल खोल्ने अवस्था सिर्जना गर्न झापाका उधोगी व्यवसायीहरुले माग गरेका छन् ।

मंगलबार मेचीनगरमा बसेको झापाका उधोग बाणिज्यसंघका अध्यक्षहरुको बैठकले यस्तो माग गरेका हुन् । उनिहरुले जिल्ला प्रशासन कार्यालय झापालाई तीन दिन भित्र निर्णय गर्न समय दिएका छ्न ।

उनीहरुले ज्ञापन पत्र मार्फत यस्तो माग राखेका हुन् । तीन दिन सम्म मागपुरा नभए आफै पसल खोल्ने निर्णय गरिएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले पूर्व शन्देशलाई जानकारी दिएका छन् ।

Author

You may also like