काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र अमेरिकासँग भएको अनुदान सम्झौता एमसीसी पारित गर्ने कोसिस थालिएको छ। अहिले यसै विषयमा छलफल तीव्र बनाइएको छ ।
नीति तथा कार्यक्रमको विषयमा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन एमसीसी यसै अधिवेशनबाट अनुमोदन गर्ने बताएसँगै पार्टीभित्र यसबारे छलफल सुरु भएको हो।
यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडा र मन्त्रालयअन्तर्गतको वैदेशिक सहयोग महाशाखाका श्रीकृष्ण अर्यालसँग छलफल गरिसकेका छन्।