समाचार

हतियार बुझाउन गृहमन्त्रालयको आग्रह

दमक/ आसन्न उपनिर्वाचनको सुरक्षा व्यवस्थालाई लक्षित गरी गृह मन्त्रालयले आफ्ना हतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो । सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ ।

Author

You may also like