अटाेलाइ ठक्कर दिइ फरार भएकाेले माइक्राेमा सवार यात्रुले सम्पर्क गरिदिनुहाेला ।

दमक/ भाउन्नेबाट दमक आउनेक्रममा एक अटोलाई ठक्कर दिएर हायस (माइक्रो) फरार भएको छ ।
कात्तिक २३ गते शनिबार विहान ४ बजे भाउन्नेबाट दमक साग लिएर आउनेक्रममा पथरीदेखि पूर्वको जंगलमा मे १ ह ३२८३ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालक दमक–८ निवासी होमनाथ सापकोटा र त्यसमा सवार यात्रु दमक–६ निवासी देवीप्रसाद श्रेष्ठ घाइते भएका छन् ।
घाइते होमनाथको हात खुट्टामा चोट लागेको छ भने यात्रु देवीप्रसादको एउटा औला नै चुडिएको छ ।
ठक्कर दिने हायस (माइक्रो) फरार रहेको र अटो चालक घाइते होमनाथ सापकोटा निम्न आर्थिक अवस्थाको हुनुभएकोले माइक्रोमा सवार यात्रुहरुले सम्पर्क गरी हायस पक्राउ गर्न मद्दत गरिदिनुहुन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published.