खेल

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग बक्सिङको विशेष प्रशिक्षण

काठमाण्डौं , नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग को लागि बक्सिङको विशेष प्रशिक्षणमा पोखरामा हुने भएको छ।पोखरामा विशेष तयारी गर्न सागका लागि छनोट भएका १६ बक्सिङ खेलाडी आजै प्रस्थान गरेका छन्।

पोखरामा नेपाली टोलीलाई उज्वेकिस्तानका आइवा प्रथम स्टार प्रशिक्षक एलिसर राखिमोव, नेपालका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले प्रशिक्षण दिने छन्।

यस्तै वरिष्ठ प्रशिक्षक प्रवीन तुलाधर, प्रशिक्षक डम्बर दत्त भट्ट, सहायक प्रशिक्षक किशोर लिम्बु र दिपक महर्जन पोखरा जाने छन्। दिपक हाल जुनियर बक्सिङ टोली प्रशिक्षणमा नेपाल बाहिर छन्।

खेलाडीमा महिलातर्फ ललिता महर्जन ४८ के.जी,माला राई ५१ के.जी,मिनु गुरुङ ५४ के।जी,चन्द्रकला थापा ५७ के.जी,संगिता सुनुवार ६० के।जी र पुनम रावल ६४ के.जी रहेका छन्।

पुरुषतर्फ सुशिल थापा मगर ४९ के.जी,तेज बहादुर देउवा ५२ के.जी,पुरण राई ५६ के.जी,सनिल शाही ६० के.जी,भुपेन्द्र थापा ६४ के.जी,विकास लामा ६९ के.जी,दिपक श्रेष्ठ ७९ के.जी,मनोहर बस्नेत म्याक्स ८१ के.जी,अर्जुन सिगु ९१ के.जी र आशिष दुवाडी ९१ के.जी रहेका छन ।

You may also like