स्वास्थ्य

यस्तो बेला बेसार प्रयोग गर्नु हानिकारक हुनसक्छ

भक्तपुर, बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसाधनमा र औषधिको रूपमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ। बेसारलाई हलेदो पनि भनिन्छ। बेसार मसलाको रूपमा प्रयोग हुने वस्तु हो। यसको जरा खास गरि परिकारको रंग बदल्नको लागी प्रयोग गरिन्छ तर जानी राखौँ यस्तो बेला बेसार प्रयोग गर्नु हानिकारक हुनसक्छ ।

गर्भावस्था : गर्भावस्थ या शिशु जन्मिसकेपछिको अवस्थामा बेसारको प्रयोग महिलाका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा बेसार खाँदा मासिक धर्म रोकिने तथा अन्य समस्या निम्तिन सक्छ । बेसारले गर्भाशयलाई उत्तेजित या सक्रिय पार्न भूमिका खेल्छ । बेसारले टेस्टोस्टेरोन हर्मोन कम गर्न पनि सहायक भूमिका खेल्छ ।

पत्थरी : पित्ताशयमा पत्थरी भएका वेला बेसार सेवन गर्दा पीडा हुन्छ । पित्ताशयको पत्थरी भएकाले खानामा बेसार कम गर्दा पीडा कम गर्न सकिन्छ ।

अप्रेसनपछि : शरीरमा कुनै प्रकारको अप्रेसन गरिएको अवस्था छ भने खानामा बेसारको मात्रा पूरै बन्द गरिदिए राम्रो हुन्छ । बेसारले रगत जम्न दिँदैन । अप्रेसनपछि पनि बेसार खाइरहे घाउबाट रगत बगिरहनसक्छ ।

शुक्रकिट : खानामा अधिक बेसार प्रयोग गर्दा पुरुषको शुक्रकिटमा ह्रास आउँछ । परिवारको योजना बनाइरहेकाहरूले खानाका परिकारमा बेसारको प्रयोग धेरै नगर्नु नै राम्रो हुन्छ ।

You may also like