काठमाडौँ, संघीय सरकारले आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार राजकीय भ्रमणका लागि नेपाल आउनुभएसँगै उहाँको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।