विश्वकप फुटबल छनोटः अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं, विश्वकप फुटबल छनोटको दोस्रो चरणमा अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा भएको छ ।

प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध उसैको भूमिमा खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । नेपालले यही असोज २३ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ भने असोज २८ गते जोर्डनसँग उसैको भूमिमा खेल्दैछ ।

को को छन् नेपाली टिममा

गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ रहेका छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, राजिन धिमाल, सुमन अर्याल रहेका छन् । त्यसैगरी मिडफिल्डरमा सुनील बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द खेल्ने छन् । र फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published.