समाचार

प्रधानमन्त्री ओलीद्धारा मन्त्री हटाउने चेतावनी

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई हटाउने तयारी गर्नुभएको छ । उहाँले यसको संकेत बिहिबार दिनुभएको हो । राष्ट्रिय गौरवको आयोजनामा अलमल गरेको भन्दै विकास मन्त्रालयका मन्त्रीहरुलाई हटाउने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठ, खानेपानी मन्त्री विना मगर र शहरी विकासमन्त्री इस्तियाक राईलाई ठाडै चेतावनी दिनु भएको हो । मेलम्ची खानेपानी आयोजनामा भइरहेको अलमलमा प्रधानमन्त्रीको चासो थियो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डकी बुहारी विना मगरलाई हटाउने प्रधानमन्त्री ओलीको चेतावनीलाई अर्थपूर्ण मानिएको छ । मेलम्चीमा व्यापक भ्रष्टाचार र अलमलको विषय उठ्दै आएको छ । भौतिक मन्त्रालयमा पनि निकै अलमल देखिएको छ । भौतिक पूर्वाधार निर्माणमा अनियमितताको उजूरी प्रधानमन्त्री कार्यालयमा पुगेको छ ।

समाजवादी पार्टीबाट सहरी विकास बनेका मोहम्मद इस्तियाक राईले पनि विकासका काममा अनियमितता गरेको उजूरीहरु प्रधानमन्त्री सम्म पुगेको छ । यसैलाई मध्यनजर गरेर ओलीले मन्त्रीहरु हटाउने चेतावनी दिनुभएको हो ।

मन्त्रीमण्डलमा केही सदस्य फेर्नुपर्ने आवाज नेकपाभित्र विगतबाट उठ्दै आएको थियो । ओलीले नै मन्त्री हटाउने चेतावनी दिएपछि दशैंको मुखमा केही मन्त्रीहरुको पद जाने अवस्था बनेको छ ।

Author

You may also like