दसैंलाई एसी बस

दसैंमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने चिन्ता नलिनुस् । यसपालि दसैंमा वातानुकूलित ९एसी० बसमा यात्राको अवसर मिल्नेछ । त्यसका लागि अग्रीम बुकिङ खुलिसकेको छ । पश्चिम नेपाल नेपाल बस प्रालिले दसैंका लागि १५० वटा एसी बस सञ्चालनमा ल्याएको हो । आइतबारदेखि टिकट बुकिङ खुला भएको छ । साथै इ–टिकटको व्यवस्था पनि छ ।

पहिलो दिन २० प्रतिशत टिकट बुकिङ भएको प्रालिले जनाएको छ ।
(अमृता अनमोल)
कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.