सरकारले गौतमबुद्ध अन्नर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई दिने तयारी गरेको छ । जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टको प्रस्तावमाथि अध्ययन गरीरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।
गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खुला प्रतिस्पर्धाबाट नभई दुई सरकारबीचको सम्झौताबाट ‘जीटुजी’ मोडलमा सञ्चालन गर्ने निर्णय गरेको थियो । जर्मन सरकारको स्वामित्वमा उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत असारमा औपचारिक प्रस्ताव पठाएको थियो । म्युनिखले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको छ ।
(टीपी भुसाल)
आर्थिक अभियानबाट साभार