तामाकोशी ५ जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन भएको दुई महिना बितेपनि सरकारले लगानी जुटाउन नसक्दा निर्माण अन्योल देखिएको छ । सरकारले तुलनात्मक रुपमा निकै सस्तो पर्ने यो ९९।८ मेगावाटको आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा राखे पनि लगानी जुटाउन नसक्दा कामले गति लिन सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणले यो आयोजना ४९ प्रतिशत सर्वसाधारणको सेयर सुनिश्चित गरेर निर्माण गर्ने बताउँदै आएको छ ।
प्राधिकरणले स्वदेशी वित्तीय संस्था र अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियत ऋण रहने वित्तीय व्यवस्थापनमा निर्माण अघि बढाइने जनाएको छ ।
(हिमाल सम्साल)
नागरिक दैनिकबाट साभार