पत्रपत्रिका

‘सी विचारधारा’को प्रशंसैप्रशंसाः ओलीले भने विकास, समृद्धिको नयाँ अवधारणा

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा नेताहरुले ‘सी चिनफिङ विचारधारा’लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ अवधारणाका रुपमा व्याख्या गरेका छन् । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी०बीच सोमबार काठमाडौँमा सुरु ‘विचारधारात्मक छलफल’को उद्घाटनमा नेकपाका नेताहरुले अधिकांश समय सी विचारधाराको प्रशसा गर्दै यही अवधारणाको सेरोफेरोमा नेपालले पनि चीनसँग विकास साझेदारी अगाडि बढाउन चाहेको बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको माहौल बनाउने उद्देश्यले आयोजित २ दिने छलफलमा नेकपाका अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीले चीनसँग ‘शक्तिको दम्भ’ नरहेको बताए ।

‘शक्तिशाली हुँदै गएपछि मुलुकहरुमा शक्तिको दम्भ हुन्छ । तर चीन शक्तिशाली भएपनि थिचोमिचो नगर्ने, शान्ति, मित्रताका साथ अघि बढेको छ,’ प्रधानमन्त्री ओलीले भने ।
(दुर्गा खनाल)
कान्तिपुर दैनिकबाट साभार

You may also like