भक्तपुर, ५ असोज । भक्तपुरको बालकोटमा रहेको दुर्गा कपडा रिफाइनरी उद्योगमा भिषण आगलागी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा रहेको उक्त उद्योगमा आज बिहान ५ बजे कोही नभएको समयमा आआगलागी भएको हो । आगलागीका कारण उद्योगका सम्पूर्ण कपडा साथै त्यहाँका सबै मेसिनहरु पूर्णरुपमा जलिसकेका छन् ।
प्रहरीको अनुसार उद्योग भित्र रहेको ग्यास सिलिन्डर विस्फोट भएर भिषण आगोलागी भएको हुनसक्ने अनुमान छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय अहिले खटिरहेका छन् । जसको लागि जुद्ध वारूण यन्त्रका चारवटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाकी रहेको छ ।