पत्रपत्रिका

भिनामसिनामै अल्झिए मुख्यमन्त्री

मुलुक संघीयतामा गइसकेपछि खडा नयाँ संचना प्रदेशको जग बसाउने मुख्य अभिभारा हालका मुख्यमन्त्रीहरुलाई छ ।
सँगै समृद्धिको जनआकांक्षा पनि छ तर प्रदेश सरकार हाँक्ने मुख्यमन्त्रीहरु यस्ता महत्वपूर्ण दायित्वलाई बेवास्ता गर्दै सामान्य औपचारिक कार्यक्रममा समय खेर फालिरहेका छन् ।
बच्चाको भातखुवाइसम्ममा उनीहरुको उपस्थिति देखिन्छ । अर्कातिर प्रदेश सरकार गठन भएको डेढ वर्ष बितिसक्दा आवश्यक कानुन बनिसकेका छैनन्, बनेका कतिपय कानुन पनि सरकारले नियमावली र कार्यविधि नबनाउँदा कार्यान्वयन हुन सकेका छैनन् ।
बजेट कार्यान्वयनको अवस्था पनि कमजोर छ । केन्द्र सरकारले अधिकार प्रत्यायोजनमा कन्जुस्याइँ गरिरहेको प्रदेश सरकारहरुले गुनासो गरिरहेका छन् तर प्राप्त अधिकार उपयोगमा पनि उनीहरु चुकिरहेको प्रस्टै देखिन्छ ।
कान्तिपुर दैनिकबाट साभार

You may also like