दमक । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। जिल्लाभर २१ वटा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । झापाका पाँच निर्वाचन क्षेत्र—मेचीनगर, अर्जुनधारा, चन्द्रगढी, कन्काई र दमकस्थित कार्यालयहरूमा दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार देशकै चर्चित निर्वाचन क्षेत्र झापा ५ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो उम्मेद्वारी दर्ता गराएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको मनोनयन दर्ताका क्रममा कोशी प्रदेश मुख्य मन्त्री हिक्मत कार्कीको समेत उपस्थिति रहेको थियो । दमक–८ स्थित कृषि भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा सो उम्मेदवारी दर्ता गरिएको हो । सोही निर्वाचन क्षेत्रका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वालेन्द्र शाहले बिहान ११ बजेनै उम्मेद्वारी दर्ता गरे । पहिलो पटक राजनीतिक मुद्दा लिएर झापा ५ मा आएका वालेन्द्रको स्वागतका लागि स्वस्फुर्त रुपमा कार्यकर्ता को विशाल उपस्थिति रहेको थियो ।
यसैगरी नेपाली कांग्रेसकी मन्दरा पौडेलले पनि दिउँसो नै उम्मेदवारी दर्ता गरिन, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट लक्ष्मी संग्रौलाले विहानै १० बजेपछि उम्मेदवारी दर्ता गरेका थिए । त्यसपछि नेपाली कांग्रेसबाट मन्धरा चिमरीया ले उम्मेदवारी दर्ता गरिन । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट रञ्जित तामाङ, पिपुल फस्र्ट पार्टीका धर्मराज गुरागाईं, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर मेचे, राष्ट्रिय परिवर्तन पार्टीका सविन राई लगायतले झापा–५ का लागि दमकमा मनोनयन दर्ता गराएका छन् । सोही क्षेत्रका लागि प्रकाश नेपाल र मातृका भट्टराई र शोभा भण्डारीको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, राष्ट्रिय मुक्ति पार्टी –अमृत रसाइली, जनमत पार्टी– अमृतलाल महतो, नेपाल जनमुक्ति पार्टी– पदमबहादुर जवेगु र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) –सञ्जय राईको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय दमकले जनाएको छ ।
यस्तै मेचीनगर ७ स्थित झापा निर्वाचन क्षेत्र न १ निर्वाचन अधिकृत कार्यालयमा १५ जनाले मनोनयन दर्ता गराएका छन् । १) राष्ट्रिय स्वतन्त्र पार्टी – निशा डाँगी, २) मंगोल नेशनल अर्गनाइजेशन– सन्तोष तामाङ, ३) श्रम संस्कृतिक पार्टी –केवलराम राई, ४) नेपाल कम्युनिस्ट पार्टी एमाले –रामचन्द्र उप्रेती, ५) नेपाली कम्युनिस्ट पार्टी –१ अशेष घिमिरे, ६) उज्यालो नेपाल पार्टी –नरेशकुमार लावती, ७) राष्ट्रिय प्रजातन्त्र पार्टी – हेमराज कार्की, ८) नेपाली कांग्रेस –केशवराज पाण्डे, ९) स्वतन्त्र उम्मेदवार –दुर्गाबहादुर साँवा लिम्बू, १०) स्वतन्त्र उम्मेदवार –गणेशकुमार पोखरेल, ११) नेपाल जनमुक्ति पार्टी –खान्द्रु कुरुवा, १२) संघीय लोकतान्त्रिक राष्ट्रिय मंच –१ मनबहादुर साँवा लिम्बू, १३) जनता समाजवादी पार्टी –रमा मेचे, १४) नेपाल मजदुर किसान पार्टी –हिरणकुमार भट्टराई र १५) नेपाल सदभावना पार्टी –ओलिन राजवंशीको उम्मेदवारी परेको छ ।
यसैगरी, अर्जुनधारा ८ स्थित झापा निर्वाचन क्षेत्र न २ निर्वाचन अधिकृत कार्यालयमा १८ जनाको मनोनयन दर्ता भएको छ । जसअनुसार १ ) राष्ट्रिय प्रजातन्त्र पार्टी – भद्रप्रसाद नेपाल, २ ) राष्ट्रिय स्वतन्त्र पार्टी–इन्दिरा राना मगर, ३) मंगोल नेशनल अर्गनाइजेशन–अकलबहादुर तामाङ, ४) नेपाल मजदुर किसान पार्टी– चन्द्रकुमारी गारु, ५) जनता समाजवादी पार्टी – तिलबहादुर राई, ६ )श्रम संस्कृति पार्टी–केशवबहादुर भण्डारी, ७) नेकपा एमाले– देवराज घिमिरे, ८) नेपाली कम्युनिस्ट पार्टी–धर्मशिला चापागाई, ९) नेपाली कांग्रेस–सरिता प्रसाई, १०) उज्यालो नेपाल पार्टी –चुडा कर्ण बेघा, ११) नेपाल कम्युनिस्ट पार्टी ( संयुक्त )–श्रीप्रसाद सिटौला, १२) स्वतन्त्र उम्मेदवार– पुण्यप्रसाद आचार्य, १३) स्वतन्त्र उम्मेदवार –युवराज
झापामा…..संग्रौला, १४ )संघीय लोकतान्त्रिक राष्ट्रिय मंच– अमृता लावती, १५) नेपाल कम्युनिस्ट पार्टी (माओवादी)– अर्जुनकुमार पाण्डे, १६) स्वतन्त्र उम्मेदवार – रमेशकुमार कार्की, १७) जनमत पार्टी – रमेशकुमार राजवंशी र १८)नेपाल जनमुक्ति पार्टी–मानबहादुर पुलामी मगरको उम्मेदवारी परेको छ ।
त्यस्तै चन्द्रगढीस्थित झापा निर्वाचन क्षेत्र नं ३ निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराउने उम्मेदवारहरु १७ जना रहेका छन । जसमा १) राष्ट्रिय स्वतन्त्र पार्टी – प्रकाश पाठक, २) नेपाल मजदुर किसान पार्टी – धर्मलक्ष्मी लधु (महिला), ३) राप्रपा – राजेन्द्र लिङ्देन, ४) जनमत पार्टी –हर्षलाल राजवंशी, ५) मंगोल नेशनल अर्गनाइजेसन – यमकुमार श्रेष्ठ, ६) श्रम संस्कृति पार्टी –दिपक तिम्सिना, ७) नेकपा एमाले –हरि राजवंशी, ८) नेपाली कांग्रे्रेस –राजेन्द्रकुमार घिमिरे, ९) नेपाली कम्युनिस्ट पार्टी –डिल्लीराम घिमिरे, १०)जसपा –बिनिताकुमारी राजवंशी, ११) स्वतन्त्र –मानबहादुर संग्रौला, १२)उज्यालो नेपाल पार्टी– श्यामकृष्ण पाठक, १३)संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – चन्द्रकला साँवा, १४)जसपा नेपाल – कर्णलाल राजवंशी, १५) स्वतन्त्र – अभय राजवंशी, १६)नेशनल रिपब्लिक नेपाल – जयन मगर र १७) नेकपा (माओवादी बिप्लब ) – सन्तोष कट्वालको उम्मेदवारी परेको छ ।
त्यस्तै कन्काई १ स्थित झापा निर्वाचन क्षेत्र नं ४ निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराउने उम्मेदवारहरुमा १) राष्ट्रिय प्रजातन्त्र पार्टी –भक्तिप्रसाद सिटौला, २) राष्ट्रिय स्वतन्त्र पार्टी –शम्भु प्रसाद ढकाल, ३) मंगोल नेशनल अर्गनाइजेशन –दिलिप धिमाल, ४) नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)–टेकबहादुर अधिकारी, ५)श्रम संस्कृति पार्टी –अमृतादेवी राई, ६) नेपाल .कम्युनिस्ट पार्टी (एमाले ) –लालप्रसाद साँवा लिम्बू, ७) नेपाली कम्युनिस्ट पार्टी –पुरुषोतम चुडाल, ८)नेपाली कांग्रेस –देउकुमार थेवे, ९)संघीय लोकतान्त्रिक राष्ट्रिय मंच –किरण लिम्बू लिङदेन, १०) उज्यालो नेपाल पार्टी –सन्तोष तामाङ, ११) नेपाल कम्युनिस्ट पार्टी (माओवादी )–ताराबहादुर थापा, १२) नेपाल मजदुर किसान पार्टी –तुलसी लक्ष्मी दुमरु (बाटि), १३)स्वतन्त्र उम्मेदवार –साजन माझी, १४) जनता समाजवादी पार्टी –पल्टन ताजपुरिया, १५) जनमत पार्टी –लोश्रो हेमरम र १६) राष्ट्रिय मुक्ति पार्टी –त्रिनारायण राजवंशीको उम्मेदवारी परेको छ ।