अर्थ देश–समाज समाचार स्थानीय

दमक नपाको निर्माणाधिन सपिङ कम्प्लेक्समा भूमिपुजन

दमक । दमकका व्यवसायी र ग्राहकलाई एकै ठाउँमा सहज बनाउने उद्देश्यका साथ निर्माण भईरहेको व्यापारिक भवन ‘सपिङ कम्प्लेक्स’मा भूमि पुजन गरिएको छ ।
दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेश कार्की, वडाअध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थितिमा उक्त भूमिपुजन गरिएको नगरप्रमुख थापाले बताए ।


उक्त भूमि पुजनमा बोल्दै नगरप्रमुख थापाले दमकमा छरिएर रहेका व्यवसायीहरुलाई एकै थलोमा राखेर दमकबासीले आवश्यकताको वस्तु खरिद गर्न चारतिर भौतारिन नपरोस, एकै थलोमा धेरै वस्तुहरुको व्यापार होस् भन्ने उद्देश्य एकातिर रहेको र अर्कोतिर नगरपालिकाको आन्तरिक आयस्रोतमा समेत टेवा पु¥याएर नगरापालिकाले दमकबासीको अझै धेरै आवश्यकता परिपुर्ति गर्न सकोस भन्ने उद्देश्यले निर्माण गरिएको बताए । उनले उक्त भवन निर्माण ४३ करोडमा ठेक्का लागे पनि अन्तिम समयसम्म ५०÷५२ पुग्न सक्ने सम्भावना रहेको बताए । अढाई वर्षभित्रमा बनिसक्नुपर्ने उक्त कम्प्लेक्स बीचमा मुद्दा परेको कारणले पनि ढिला हुन गएको नगरप्रमुख थापाले भनाई छ । निकै लामो समयसम्मको मुद्दाको झमेलाले कम्प्लेक्स निर्माणमा अवरोध पुगेको भए पनि अब चाँडै यो व्यवसायिक कम्प्लेक्समा रुपान्तरण हुने थापाको भनाई छ ।
दमकमा व्यापार गरिरहेका व्यवसायीहरुलाई एकै ठाउँमा व्यापार व्यवसाय गर्न सजिलो होस् भनेर सबै वस्तुहरु एउटै महलमा पाउँदा दमकबासीलाई सहज हुने र बजार प्रवद्र्धनका निम्ति पनि उक्त महल कोसेढुंगा सावित हुने उपमेयर रेगिना भट्टराई प्रसाईले बताईन ।


व्यवसायिक हब बन्ने उक्त ऐतिहासिक स्थानलाई आधुनिकतासँग जोडेर दमक नगरपालिकाले उक्त ठाउँलाई स्तरोन्नति गरेको हो । दमक नगरपालिका
दमक…र दमक नगर विकास कोषको संयुक्त लगानीमा ५ तले व्यवसायिक भवन बनिरहेको छ । अहिलेसम्म १८ प्रतिशत भौतिक प्रगति र १६ प्रतिशत आर्थिक प्रगति भएको छ । दमकको इतिहास जोडिएको यो भवनले दमकको पहिचानलाई बृद्धि गराउने अपेक्षा गरिएको छ ।
यो परियोजनाका कन्सल्टेन्स किरण कुमार महतले अहिलेसम्मको प्रगति विवरण सुनाए । उनले प्रोटेक्सन फाइलिङ २५८ वटा, म्याट फाउण्डेशन फाइलिङ तल १४८ वटा, स्काईभेसन फाउण्डेशनको सम्पूर्ण काम सकिएको, पिसिसि वर्क १४५ घनमिटर सकिएको, स्टोन सोलिङ ४५० घनमिटर सकिएको र पिसिसि तलको गहिराई ३० मिटर रहेको सो भवनको काम भटाभट भइरहेको बताए ।
दूई सिफ्ट गरेर भए पनि समयमै उक्त भवनको काम सक्ने निर्माण पक्षले जनाएको छ । २०८१ भदौबाट सूरु भएको थियो । उनको यो भनाईसँगै अबको ९ महिनापछि दमकस्थित पुरानो सुनचाँदी लाईनमा भव्य व्यवसायिक महल बनिसक्नेछ ।
उक्त भवन निर्माणको ठेक्का नव सिर्जनशिल बंगलामुखी जेभीले ठेक्का लिएर काम धमाधम गरिरहेको छ ।

Author

You may also like