नारी विकास सङ्घ दमक झापाले आफ्नो ३१औँ वार्षिक उत्सव तथा २०औँ साधारण सभा सम्पन्न गरेको छ। दमक-७ स्थित राधाकृष्ण मन्दिरमा शुक्रबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई रहेकी थिइन ।
कार्यक्रममा सङ्घका पदाधिकारी तथा सदस्यहरूले सङ्घको ३१ वर्षे यात्राबारे चर्चा गर्दै महिलाहरूको सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन, र सामाजिक सेवामा सङ्घले पुर्याउँदै आएको योगदानबारे जानकारी गराएका थिए।
सङ्घले महिलाहरूको हक, अधिकार र सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै नगर उपप्रमुख प्रसाईले आगामी दिनमा पनि स्थानीय सरकारसँग सहकार्य गरी समाज परिवर्तनका अभियानलाई निरन्तरता दिन आग्रह गरिन ।