दमक । झापाको दमक ९ का देशु निरौलाको हत्या प्रकरणमा जोडिएका सबैलाई राजनीतिक दबाब र प्रभावमुक्त भएर कारवाहीको दायरामा ल्याउन माग गर्दै शनिबार पनि जारी विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
निरौला हत्यामा संलग्न मुख्य आरोपीहरुलाई पक्राउ गर्न प्रहरीले ढिलाई गर्दा पीडित तथा न्यायका लागि आन्दोलित सर्वसाधारणहरुले पाँचौ दिनसम्म पनि निरन्तर प्रदर्शन जारी राखेका हुन्
इलाका प्रहरी कार्यालय दमक अगाडी प्रर्दशनमा उत्रिएकाहरुले दिनभरि नाराबाजी गरि हत्यामा संलग्न सबैलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् । हत्यारालाई कारवाही गर्न प्रहरी गंभीर नभएको भन्दै दबाबस्वरुप प्रदर्शनकारीहरुले प्रहरी कार्यालय बाहिर गेट अगाडीनै टायर बालेर प्रदर्शन गरेका छ्न ।
प्रहरी कार्यालयभित्र भने नगरप्रमुख रामकुमार थापा, उपमेयर रेगिना भट्टराई प्रसाई, विभिन्न दलका नगरनेतृत्वहरु, जनप्रतिनिधि तथा पीडित पक्षहरुले दमकका प्रहरी प्रमुख निशान थापासँग छलफल गर्दै मुख्य दोषीलाई चाँडो कानु्नी दायरामा ल्याउन दबाब दिएका छन् । छलफलका क्रममा प्रहरीको तर्फबाट अनुसन्धानका लागि केही समय माग भएकाले भोली सोमबार १२ बजेसम्म धैर्यता राख्न सर्वदलीय सहमति भएको कुरा मेयर थापाले आन्दोलनरत पक्षलाई जानकारी दिएका छन् । सो समयसम्म पनि पीडित पक्षको चित्त बुझ्दो परिणाम नआएमा १ बजेपछि सशक्त रुपमा विरोध प्रदर्शनमा उत्रने उनले प्रष्ट पारे ।
यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण कुमार चन्दसँग सम्पर्क राख्दा यस घटनालाई प्रहरीले गम्भिरतापूर्वक लिएर काम गरिरहेको बताएका छन् । तीनै तहका प्रहरीहरु आ–आफ्नो किसिमले सक्रियतापूर्वक अनुसन्धानमा खटिरहेका छन् । दोषीले सजाय पाएरै छाड्छ । दोषी पत्ता लगाउन कुनै घटनामा चाँडो हुने हुन्छ, कुनैमा ढिला हुने हुन्छ । समयसीमाबाट अनुसन्धान टुंगो लाग्ने होइन । दोषीलाई टुंगो लगाएर कानुनी दायरामा पु¥याउन सबैको सहयोग पनि चाहिने बताएका छन् ।
गत मंगलबार दमक ३ स्थित मावा पुल नजिकै जग्गा सम्बन्धी विवादका क्रममा निरौलालाई कुटपीट गरि हत्या गरेका थिए । हत्यामा संलग्न सबैलाई कारवाहीका लागि कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिइएको छ भने मुख्य दोषी पक्राउ पर्न भने सकेको छैन ।

Author

You may also like