मुख्य

दमककाे फाेहाेर उठ्न छाड्याे

दमक /दमकको फोहोर ब्यावस्थापनमा कठिनाई भएको छ । फोहोर ब्यवस्थापनको उचित स्थानको अभाव हुँदा समस्या बढ्दै गएको छ ।

फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट ईरा ईनर्जी प्रालिले दमकमा फोहोर नउठाउँदा चौंक, बजार दुर्गन्धित बन्दै गएको छ । साता दिन यता नेक्स्ट ईरा इनर्जीले दमकमा फोहोर उठाएको छैन् । फोहोर नउठाउँदा सडक आसपासका व्यापारीहरुसंगै बजार आउने सर्वसाधारण दुर्गन्ध खेप्न बाँध्य छन् । दमकका बजार, चोक र सडक आसपास फोहोरका थुप्रा भरिँदै गएपछि स्थानीयले आक्रोस पोख्न थालेका छन् ।

फोहोर जस्तो संवेदनशील विषयमा हामी गंभीर भएपनि ल्याण्डफिल्डको उचित बन्दोवस्ती गराउन नगरपालिकाले पहल गरिरहेपनि फोहोरको समस्या लम्बिँदै गएको दमक नगरपालिका मेयर राम थापाले जानकारी दिए ।

मेयर थापाले फोहोर ब्यवस्थापन गर्ने अर्को उचित स्थानको खोजी भइरहेको र अब छिट्टै समाधानको बाटो खोजिने बताए । उनले भने- ‘यस विषयमा नगरपालिका गम्भिर भएको छ, फोहोर फाल्ने स्थान वनको एरिया नै हुन्छ, यसको समाधानकोलागि सोमबार नगरपालिका, फोहोर ब्यवस्थापनको जिम्मा पाएको कम्पनी, उद्योग वाणिज्य संघ लगायत सरोकारवाला सामाजिक संघ संस्थासँग छलफल गर्न बैठक बोलाएका छौं, बैठकको निणर्यपछि नगरको फोहोर उठाइन्छ, तर फोहोर ब्यवस्थापन जस्तो विषय नगरले एक्लो प्रयासमा समाधान हुने विषय होइन, यसमा सबै नगरबासीको साथ र सहयोगको आवश्यकता पर्छ ।’ नगरप्रमुख थापाको प्रतिक्रिया छ ।

नगरपालिकाको वातावरण शाखा प्रमुख दोणर्बहादुर थापाले सँधै थुपारिएको ठाँउमा फोहोर नआँटेपछि नजिकैको वनमा थुपार्ने योजना तय गरिएपनि त्यहा स्थानीयले रोक लगाएपछि नियमित संकलन कार्य प्रभावित हुन पुगेको बताए ।

दमकमा दैनिकजसो ६० टन फोहोर उत्पादन हुदैआएको जसमध्ये ५ टन बढी फोहोर कुहिने किसिमको हुने गरेको र नेक्स्ट ईरा ईनर्जी प्रालि वीचको विगतको सम्झौता कार्यान्वयन नभएका कारण फोहोर संकलन रोकिएको प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिए । फोहोर व्यवस्थापन गरिदै आएको दमक ३ स्थित ल्याण्डफिल्डमा फोहोर भरिएपछि संकलन गरिदै आएको फोहोर फ्याक्न समस्या भएको उनले बताए । फोहोर फाल्ने ठाउँ उपलव्ध नगराउदा फोहोर व्यवस्थापन प्रभावित हुन पुगेको उनले बताए । उनले भने- ‘हामीले गत फागुनदेखि नगरपालिकासँग फोहोर ब्यवस्थापनकोलागि विकल्पको उचित स्थान चाहियो भनेर माग गरिरहेका छौं, गत असार २० गतेपनि औपचारिक रुपमा उचित स्थानको माग गरेका हौं तर नगरले चासो नदेखाउँदा थप समस्या आएको हो ।’

उनका अनुसार फोहोर फाल्नका लागि नगरपालिकाले ठाउँ उपलव्ध गराउने भनिएपनि त्यो हुन नसक्दा समस्या भएको हो । दमकमा दश दिनदेखि फोहोर सडकमा थुप्रिएको छ । दुई दिन अघि दमकमा विदेशी अधिकारीहरु आएको बेला सडकमा थुप्रिएको फोहोर देखेर नगरको बेइजती नहोस् भनेर नगरपालिकाको आग्रहमा एक दिन फोहोर उठाइएको उनले बताए ।

दमक चौंकस्थित श्रेष्ठ पुस्तक पसलका सञ्चालक ज्ञानेन्द्र श्रेष्ठले फोहोर संकलनका लागि सम्बन्धित कम्पन्नीलाई एकवर्षको अग्रिम रकम बुझाएपनि अहिले पसलमा निस्किने फोहोरको व्यवस्थापनमा निकै सकस भोग्नु परेको बताए । फोहोर कसले उठाउने हो, यो विषयमा गंभीर हुनुपर्ने उनको भनाई छ ।

फोहोरमैला व्यवस्थापनको जिम्मेवार कम्पन्नी नेक्स्ट ईरा इनर्जीको गैरजिम्मेवारका कारण फोहोर संकलन कार्य प्रभावित हुनु ठिक नभएको उनले गुनासो गरे ।

Author

You may also like