मुख्य

दमकमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप

दमक/ झापाको दमकमा अन्तर्राष्ट्रिय आमन्त्रण जय हुमागाई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबारदेखि सुरु हुने प्रतियोगितामा विदेशी तीनसहित आठ टोलीको सहभागिता रहनेछ ।
भुटानी शरणार्थी शिविर बेलडाँगीबाट तेश्रो देश पुनर्बास भएर अमेरिका गएका हुमागाईको उतै निधन भएपछि उनको सम्झनामा यहाँ गोल्डकप शुरु गरिएको जनाइएको छ । १२ वर्षअघि हुमागाईको परिवार अमेरिका पुनर्बास भएको थियो । सोमबार पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार अमेरिकामा गठन भएको जय हुमागाई स्मृति प्रतिष्ठानको आयोजनामा दमकको बेलडाँगीस्थित खेल मैदानमा गोल्डकप हुन लागेको हो । करिब २५ लाख रुपैयाँ खर्चेर खेलमैदानलाई पुननिर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष शिव हुमागाईले बताए ।
प्रतियोगिता सम्पन्न गर्न ६५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । यही पुस १३ गतेसम्म चल्ने गोल्डकपको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस गोल्डकपले पुनस्र्थापना भएर अमेरिका सहित बिभिन्न देश पुगेका भुटानी शरणार्थी र यहाँ शिविरमा रहेका शरणार्थी तथा प्रभावित क्षेत्रका बासिन्दाहरुलाई जोड्ने समेत बताइएको छ ।

Author

You may also like