दमक/पौडेल बङ्शोद्वार जिल्ला समिति झापाको अधिवेशन तथा जिल्ला भेला शनिबार काकरभिट्टामा सम्पन्न भएको छ । अधिवेशनले बिर्तामोडका कमल प्रसाद पौडेलको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उपाध्यक्षद्वयमा शिवसताक्षीका मोहन प्रसाद पौडेल , दमककी पार्वता खतिवडा पौडेल , सचिबमा मेचीनगरका मुक्तिनाथ पौडेल , सहसचिवमा बिर्तामोडका पारस पौडेल र अर्जुनधाराका रुद्र प्रसाद पौडेल रहेका छ्न । सदस्यहरुमा दमकका शेखर पौडेल , कचनकवलका बिष्णु प्रसाद पौडेल , बिनय पौडेल , बिनय पौडेल , नेत्र प्रसाद पौडेल , पर्वतबन्धु पौडेल , यदुनाथ पौडेल , रोमनाथ पौडेल , श्याम कुमार पौडेल , पुन्य प्रसाद पौडेल , युवराज पौडेल , बिश्नु प्रसाद पौडेल कमल रहेका छ्न । पौडेल बङ्श महासङ्घ केन्द्रिय अध्यक्ष लोकनाथ पौडेलको प्रमुख आतिथ्य र आयोजक समिती अध्यक्ष कमल पौडेलको अध्यक्षतामा भएको अधिवेशनमा पुर्व न्यायाधीश भद्रपुरका ९२ बर्सिय नन्द प्रसाद पौडेललाई अभिनन्दन गरिएको थियो । कार्यक्रम ब्यवस्थापन पौडेल बङ्शोद्वार समिती मेचीनगर ६ ले गरेको थियो भने युवा ब्यवसायी कृष्ण प्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए ।