समाचार

यातायात मजदुरमा खड्काको नेतृत्व

दमक/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दमक नगर कमिटीको चौथो नगर अधिवेशनले मदन खड्काको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी चयन गरेको छ । शुक्रबार संगठनको दमक –५ स्थित कार्यालयमा भएको सो अधिवेशनको बन्द सत्रबाट उपाध्यक्षमा दिपक थापा, सचिवमा रघुनाथ सिग्देल, सह–सचिवमा युवराज काफ्ले र कोषाध्यक्षमा पदम दाहाललाई सर्वसम्मत चयन गरेको हो ।
समितिका सदस्यहरुमा भने क्रमशः देवराज खड्का, विदुर प्रसाद दाहाल, सुमिना बुढाथोकी, विष्णु राया, भूपाल चौहान र चन्द्र प्रसाद दाहाललाई आगामी कार्यकालका लागि चयन भएका छन् । कमिटीको कार्यकाल २ वर्षको रहेको छ । अधिवेशनको खुला सत्रमा प्रमुख अतिथि नेपाल यातायात मजदुर संगठनका केन्द्रीय सचिव तथा १ नम्वर प्रदेशका इन्चार्ज देवी भट्टराई, विशिष्ट अतिथिमा नेकपा एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापा, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का प्रदेश सदस्य शान्तिराम गौतम, प्रदेश अध्यक्ष सन्तोष वान्तवा राई, मेची राजमार्ग ट्रक भलाई कोषका अध्यक्ष प्रेम लिङ्देन, संगठनका मेची राजमार्ग ट्रक कमिटी अध्यक्ष मंगल कुमार राई र संगठनका मेची नगर कमिटी अध्यक्ष खडानन्द भण्डारी रहेका थिए । संगठन दमक नगर कमिटीका अध्यक्ष मदन खड्काको अध्यक्षता र सचिव रघुनाथ सिग्देलको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य मेची नगर कमिटी अध्यक्ष खडानन्द भण्डारीले गरेका थिए  ।

Author

You may also like