समाचार

चटयाङ लागेर झापामा प्रहरी सहायक निरिक्षकको मृत्यु

दमक, सोमबार राती  चट्याङले लागेर झापाको महाभारा प्रहरी चौकी दरबन्दी भई किच्चकवध प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक  (असइ) महादेव ठाकुरको मृत्यु भएको छ । प्रहरी सहायक निरिक्षक ४५ वर्षीय ठाकुरको मृत्यु भएको हो । सोमबार राती पौने १० बजे पानी परेपछि डियुटीमा रहेका असई ठाकुर पानीबाट जोगिन किचकवधको बस्ती नजिकै एक छाप्रो मुनि गएर बसेको समयमा चटयाङ परेको थियो ।
चट्याङ लाग्दा गम्भीर घाइते भएका उनलाई ओम साई पाथीभरा हस्पिटल भद्रपुरमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । असई ठाकुरको दरबन्दी महाभारा प्रहरी चौकी हो । उनी विगत एक महिना अघि काजमा किचकवध प्रहरी चौकीको जिम्मेवारी सम्हाल्न आएका थिए । उनी विराटनगरका स्थायीबासिन्दा भएको बताइएको छ । उनी २०५१ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनको शवलाई मेची अस्पताल भद्रपुरमा राखिएको र पोस्टमार्टम पश्चात् परिवारजनलाई जिम्मा लगाउने प्रहरी कार्यालय झापाले जनाएको छ ।

Author

You may also like