स्थानीय

दमक बजारका सडक निर्माण अलपत्र, जनतालाई सास्ती

१६ साउन, दमक । दमकका कतिपय सडकहरुको निर्माण कार्य अधुरो रहेको कारण जनताले सास्ती बेहोर्नु परेको छ । काही आधा सडक पीच भएको छ । कही पुरानो पिच भत्काएर हि.ड्नै नसकिने अवस्था छ । काही पिच गरेकै सडकको बीच भागमा भएका खाल्डाखुल्डीको कारण यातायातका साधन गुडाउन चर्को परेको पाइन्छ । उक्त सडक निर्माण र मर्मतका लागि दमक उद्योग वाणिज्य संघ, पीडित नागरिकहरु तथा टोल विकास संस्थाहरु लगातार नगरपालिकामा डेलिगेसन जाने र दबाब दिने कार्य भइरहेको छ ।
उता, नगरपालिकाले उक्त सडक ठेक्का लागिसकेको र आप्mनो पहुँचभन्दा बाहिर रहेकोले सम्बन्धित निकायमा बारम्बर तागेता गरेको बताउने गरेको छ । बैशाख महिनाभित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गतका विभागसँग निर्माण व्यवसायी श्री एस.सी. स्वामीनारायण आशिर्वाद जे.भी.बीच सम्झौता भएको तर काम अधुरो राखी कैयौं तागेता गर्दा पनि सम्पर्कमा नआएको मेयर राम थापाले बताएका छन् । जनताको समस्यामा हामी संवेदनशील छौं भन्दै एक ध्यानाकर्षण पत्र सम्बन्धित विभागमा पठाएको र मन्त्रालयलाई बोधार्थ दिइएको उल्लेख गरिएको छ । जुन पत्रको व्यवहोरा निम्न अनुसार छ ।

Author

You may also like