दमक। साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २००० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १४९५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २००० रुपैयाँले घटेर १४७५०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन २००० रुपैयाँले घटेर प्रतितोला १४६८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १८३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।