फोटो फिचर राजनीति

माओवादी दमकमा नयाँ नेतृत्व

दमक / नेकपा माओवादी केन्द्र दमक नगर समितिको अधिवेशनले कुलबहादुर बस्नेत (रवि) को अध्यक्ष रहेको ६८ सदस्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण गोले, नवराज सुवेदी र संगिता सेरेङ चयन भएका छन् भने सचिवमा घनश्याम न्यौपाने, सहसचिवमा हिम अधिकारी र कोषाध्यक्षमा यमजी श्रेष्ठ रहेका छन् ।
अखिलेश्वर लाल दासको संयोजकत्वमा रहेको नगर निर्वाचन समितिले शुक्रवार विशेष कार्यक्रमकाविच नव निर्वाचित समितिको औपचारिक घोषणा गरी सपथ गराएको हो ।
दमकस्थित पार्टी कार्यालय बालुवाटारमा भएको कार्यक्रममा नवगठित समितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश १ का उपाध्यक्ष विजय साङपाङ, कोषाध्यक्ष रेवतराज पुरी (गगन) प्रदेश समिति सदस्यहरु कर्म पुलामी, भूमिका कोइराला, सन्तोष गौतमलगायतले कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
समितिको पूर्ण बैठकले अरु ५ सदस्य थप गर्ने नगर इन्चार्ज बेदु गौतमले जानकारी दिए ।

 

You may also like